कमिसनको नाममा सोझा नागरिकलाई दुख दिएको नेता शाही

  ।   २३ फाल्गुन २०८०, बुधबार १४:३३

कालिकोट । नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले कालिकोट जिल्लामा भएको भ्रष्टचार कम गर्नको लागि जिल्लाका सबै राजनिति दलहरु अनिवार्य लाग्नु पर्ने बताएका छन् ।

पाँचौ जिल्ला सभालाई सम्बोधन गर्दै नेता शाहीले जिल्ला भित्र भ्रष्टचार मौलाएको भन्दै यसलाई रोक्नको लागि राजनिति दलहरुले तेरो मेरो नभनि सबैले भ्रष्टचार अन्त्य गर्नको लागि सबै एक ठाउँमा आउनु पर्ने बताए ।

फरक प्रसंगमा नेता शाहीले केहि समय अगाडी कालिकोटका नागरिकले प्लेन चढ्न सक्दैनन् भन्ने प्रसंगलाई धेरैले उल्टो अर्थ लगाएको भन्दै कालिकोटको बास्ताविकता नबुझेकाहरुले यसलाई बङ्ग्याएर जनतामा भ्रम छरेको बताए । मैले कालिकोटका जनताको आर्थिक स्तर हेरेर भनेको हुँ तर त्यसलाई केहि हुनेखाने बर्गका मानिसले यसलाई उल्टो अर्थमा बुझे, ‘उनले भने,’ ‘के साच्चै अहिलेको यो अबस्थामा हाम्रो आयश्रोतले कालिकोटका नागरिकले बायुसेवा निगमले तोके अनुसारको प्लेन भाडा तिरेर प्लेन चढ्न सक्छन् ’

नेता शाहीले कालिकोटका नागरिकको सबैभन्दा ठुलो दुश्मन भनेको नै गरिबी भएकाले यसलाई अन्त्य गर्नको लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट लाग्नु बताए । ‘पछिल्लो समय कमिसनको नाममा धेरैले सोझा नागरिकलाई दुख दिएको भन्दै कमिसन खानेहरु पत्ता लगाएर सबैले सार्वजनिक गर्नु पर्छ, ‘उनले भने,’ ‘यसको लागि सबैभन्दा पहिला राजनिति दलहरु सक्रिय हुनु पर्छ ।’

कालिकोटको विकासको लागि आफ्नो तर्फबाट लागिरहेको भन्दै नेता शाहीले सबैले सकरात्मक सोचका साथ कालिकोटको विकासको लागि एक हुन जरुर रहेको औल्याए ।

Next Post

एकीकृत समाजवादी सरकारमा सहभागी हुने

२३ फाल्गुन २०८०, बुधबार १४:३३
काठमाडौँ । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले(माओवादी केन्द्र) रास्वपा  सहितको गठबन्धन सरकारमा सहभागी हुने भएको हो । गठबन्धन सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गर्न आज बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो । यसपछि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न […]