इलाम २ मतगणना कांग्रेसका उम्मेदवारको सुरुवाती अग्रता

  ।   १६ बैशाख २०८१, आईतवार १५:२२

काठमाडौँ । इलाम २ को शनिबार सम्पन्न निर्वाचनको मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार एक सय ४५ मत ल्याएका छन् ।

उनलाई नेकपा ९एमाले० का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन् । नेम्वाङले एक हजार ६३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८, रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ र राप्रपाका लक्ष्मी गुरूङले ४ मत ल्याएका छन् ।

इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ मा खसेको मत गणना गरिएको हो ।

Next Post

बुलबुले तालमा मोटरबोट सञ्चालन

१६ बैशाख २०८१, आईतवार १५:२२
सुर्खेत । वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको सेवा सुरु भएको छ । बुलबुले ताल घुम्न जाने पर्यटकलाई थप सुविधा दिने उद्देश्यले बोटेबोरा कम्पनीले बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार  एक करोड लगानीमा मोटरबोट सेवा उपलब्ध गराएको हो । सरसफाइ अभावमा अव्यवस्थित बनेको तालमा आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट […]