अपडेट

पत्रकार महासंघको जुम्ला अध्यक्षमा चौलागाईं निर्वाचित

  ।   २९ मंसिर २०८१, शनिबार १६:४९

जुम्ला । नेपाल पत्रकार महासंघको जुम्ला शाखा अध्यक्षमा पुर्ण प्रसाद चौलागाईं निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा अध्यक्षका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीलाई तीन मत अन्तरले पराजित गर्दै चौलागाईं अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

जम्मा मतदाता संख्या ५४ जनना जम्मा मतदाता संख्या मध्ये ५३ मत खसेको थियो । अध्यक्ष चौलागाईंले २८ मत ल्याउनु भएको थियो । उहाँका प्रतिस्पर्धी शाहीले २५ मत प्राप्त गरेका हुन्।

जिल्ला कार्य समितिमा चौलागाईंकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा नौरेते नेपाली, महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, कोषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुँवर र समावेशी सचिवमा सरीता पराजुली यसअघिनै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक
नरेन्द्रनाथ योगीले बताउनुभयो ।

त्यस्तै सदस्यहरुमा मोहन शाही, टेक हमाल, सिता कुमाई,सपना रावत, सिवानी वि।क।,लक्ष्मी न्यौपा‌ने र प्रभा भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्रेस सेन्टरबाट दुई अध्यक्ष उम्मेदवार भएपछि चौलागाईंलाई प्रेस युनियन र प्रेस चौतारीले समर्थन गरेको थियो ।

समाजवादी प्रेस संगठन र प्रेस सेन्टरले गठबन्धन गरेका थियो । निर्वाचित उम्मेदवारलाई शनिबार प्रमाणपत्र प्रदानगरिएको छ ।

Next Post

विरेन्द्रनगर जेसीजको सप्ताह व्यापी कार्यक्रम सम्पन्न

२९ मंसिर २०८१, शनिबार १६:४९
सुर्खेत । वीरेन्द्रनगर जेसीज वर्ष २०२४ को सप्ताह व्यापी कार्यक्रम भव्य र सभ्य रुपमा सुसम्पन्न भएको छ । जेसीज शाखाहरुले महत्वपूर्ण पर्वको रुपमा हर्षोल्लासका साथ जेसीज सप्ताह मनाउने गर्दछन । मङ्सिर २० गते मानव सेवा आश्रमको भवन निर्माणको निमित्त आयोजित ज्ञान विज्ञान महयज्ञ स्थल ( घणटघर खुला मन्च) सरसफाइ बाट […]