सुर्खेत । वीरेन्द्रनगर जेसीज वर्ष २०२४ को सप्ताह व्यापी कार्यक्रम भव्य र सभ्य रुपमा सुसम्पन्न भएको छ । जेसीज शाखाहरुले महत्वपूर्ण पर्वको रुपमा हर्षोल्लासका साथ जेसीज सप्ताह मनाउने गर्दछन ।
मङ्सिर २० गते मानव सेवा आश्रमको भवन निर्माणको निमित्त आयोजित ज्ञान विज्ञान महयज्ञ स्थल ( घणटघर खुला मन्च) सरसफाइ बाट सुरुवात भएको बीरेन्द्रनगर जेसीजको सप्ताह क्रमश महायज्ञमा सहयोग हस्तान्तरण,ट्राफिक सचेतना, रक्तदान कार्यक्रम, वीरेन्द्रनगर नगरपालिका भित्र सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीलाई ” Find your Better Career Pathway” नामक मोटिभेशनल सेसन,ूपर्यावरण संरक्षणमा युवा नेतृत्वू बिषयक माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला कार्यक्रम र पुरस्कार वितरण लगायतका कार्यक्रम सहित मङ्सिर २८ गते जेसीज सप्ताह सम्पन्न भएको हो ।
मोटिभेसनल सेसनका प्रमुख अतिथी वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, विशिष्ट अतिथी वीरेन्द्रनगर जेसीजका पुर्व अध्यक्ष एवम नेपाल जेसीज २००५ का राष्ट्रिय अध्यक्ष सिनेटर गेहेन्द्र प्रसाद दहाल लगाएत पुर्व अध्यज्यूहरुले प्रभावकारी कार्यक्रमद्वारा युवामा सकारात्मक सोच विकासको निमित्त वीरेन्द्रनगर जेसीजले खेलेको भुमिकालाई मुक्त कण्ठले प्रसंसा गर्नुभएको हो । वक्तृत्व कला कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर जेसीजका संस्थापक महासचिव एवं वर्ष १९८० का अध्यक्ष शम्भु पन्तले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा वीरेन्द्रनगर जेसीजले आयोजना गरेका कार्यक्रमहरु निकै प्रभावकारी भएकोले धन्यवाद ज्ञापन गर्नुभएको थियो । पुरस्कार वितरण एवम् समापन समारोहका प्रमुख अतिथी , नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय उपाध्य सीता कुमारी भन्डारीले युवा जागणले मात्र सभ्य समाज निर्माण हुने भएकोले त्यसको नेतृत्व जेसीजले लिनुपर्ने धारणा राख्नु भएको छ ।
सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक जनक बुढाले कार्यक्रम सफलता पुर्वक सम्पन्न गराउन सहयोग पुर्याउने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो भने वीरेन्द्रनगर जेसीज वर्ष २०२४ का अध्यक्ष हिक्मत सापकोटाले युवा पुस्ताको प्रतिभा प्रष्फुटन गरी उनिहरुको ज्ञान र सिपलाई स्वदेशमा प्रयोग गर्न सकेमा मात्र समृद्ध राष्ट्र निर्माणको परिकल्पनाले सार्थकता पाउने र सोको लागि वीरेन्द्रनगर जेसीज हरदम अग्र स्थानमा उभिन तयार रहेको बताउदै सम्पुर्णलाई सहकार्यको निमित्त अपिल गर्दै सप्ताह व्यापी कार्यक्रमको विधिवत समापन भएको छ ।