जाजरकोट पहिरोमा परी भूकम्पपीडित तीन जनाको मृत्यु

  ।   ३ भाद्र २०८१, सोमबार १४:४१

जाजरकोट । भूकम्पपीडित बस्दै आएको अस्थायी टहरामा पहिरो खसेको छ । आइतबादेखि परेको वर्षाका कारण आएको उक्त पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।

जाजरकोटको नलगाड नगरपालिका-२, माझगाउँमा भूकम्पका कारण निर्मित अस्थायी टहरा पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

 

मृत्यु हुनेमा ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार र २ वर्षका छोरा शिभम परियार रहेका छन् । घटना गएराति २ बजेको हुन सक्ने प्रहरीले जनएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Next Post

नेपालगन्जबाट सुर्खेत जादै गरेको फोर्स गाडी दुर्घटनाहुँदा १२ जना यात्रु घाइते

३ भाद्र २०८१, सोमबार १४:४१
सुर्खेत । नेपालगन्जबाट वीरेन्द्रनगर सुर्खेत जादै गरेको फोर्स गाडी दुर्घटनाहुँदा १२ जना यात्रु घाइते भएका छन् । रत्न राजमार्गको सुब्बाकुना-छिन्चु सडक खण्डको पाडुले नजिकै फोर्स गाडी दुर्घटनामा भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्र वीर विश्वकर्माका अनुसार सवारी दुर्घटना फोर्स गाडी लु १ च ४०९१ नम्बर को भेरीगंगा-१२ […]