अपडेट

धर्ती फाउन्डेसनद्वारा असाय बालबालिकालाई नगद र खाद्यान्न सामाग्री वितरण

  ।   ३ श्रावण २०८२, शनिबार १६:०७

कालिकोट । धर्ती फाउन्डेसनद्वारा न्यानो काख सेवा समाजमा रहेका असहाय बालबालिकाहरुलाई नगद सहित खाद्यान्न सामाग्री  बितरण गरिएको छ ।

धर्ती फाउन्डेसनका प्रबन्धक तथा तरुण दल केन्द्रिय सदस्य समाजसेवि धर्मराज शाहीले सनिश्चवार न्यानो काख सेवा समाजको कार्यालयमै पुगि १३ जना बालबालिकालाई १० हजार नगद सहित खाद्यान्न सामाग्री सहयोग गरेका छन ।

सो कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसम्पादन समिति सदस्य पटक बहादुर शाही, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति  सदस्य सबिन कुमार बिष्ट , कर्णाली जेसिज बर्ष २०२५ का अध्यक्ष खगेन्द्र पाण्डे , समाजसेवी रमित मल्ल , पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरत राज बिष्ट लगाएतको उपस्थितमा संस्थाको कार्यालयमा पुगेर हस्तान्तरण गरिएको हो ।

सामाग्री वितरण गर्दै फाउन्डेसनका प्रबन्धक शाहिले न्यानो काख नेपालमा रहेका असहाय बालबालिकालाई खाद्यान्न तथा नगद हस्तान्तरण गर्दै उनले भने “समाजको सबल अंगले कमजोरको साथ नदिँदा समृद्धि अपूर्ण रहन्छ। असहाय बालबालिकामा लगानी गर्नु, समृद्ध राष्ट्र निर्माणको जग हाल्नु हो।” र “हाम्रो सानो सहयोगले उनीहरूको ठूलो सपना पूरा हुन सक्छ। नगद वा खाद्यान्न होइन, यो उनीहरूको जीवनप्रतिको आशाको हस्तान्तरण भएको बताए ।

 

हस्तान्तरण पछी न्यानो काख समाजकी संचालिका कल्पना मल्लले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा राखेको बताइन ।

Next Post

राप्रपा सुर्खेतमा बिबाद : युवा संगठनद्धारा पार्टी कार्यालयमा तालाबन्धि

३ श्रावण २०८२, शनिबार १६:०७
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेतमा बिबाद देखिएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले, सोमबार पार्टी कार्यालय सुर्खेतमा तालाबन्धि समेत गरेको छ । पुरा भिडियो: केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका नेता मुकुन्द श्याम गिरीमाथि केन्द्रले कारवाही गरेपछी पार्टी कार्यालय सुर्खेतमा तालाबन्दी गर्ने क्रममा बिबाद देखिएको हो । राप्रपा केन्द्रीय […]

सम्बन्धित शीर्षक