कविता- विराजमान श्रीपेच
सौम्यताको
विराजमान श्रीपेच
नझुकोस भन्ने ठानेर
मनोहर
सिंहासनको सुन्दरता कायम राख्न
रातो माटो लिपिएको हो
सेतो कमेरोले पोतिएको छ
शीतलताको होडबाजीले
उछिनपाछिन नगरुन भनेर
रोपिएको छ वर पिपल
पुस पुग्नु भन्दा पहिले
बोलाइएको हो घाम किरण
अध्यारो फल्नु अगावै
आकाशे आउतमा
छरी दिएको हो जुनतारा
सौँराइका धरामा बाझो
नफला भन्न
खनी राख्नु छ सिँचाइको नहर
उपहारहरु चम्किला देखिन
रोपी दिएको छ
घाम छेक्ने बादल
पहेँला किरण फुल्न लाग्दा
मन संग मन जोड्न नदिने
सेता धार पुग्छन्
तर पनि तीखो धारले
पत्थर कुदेर पहेँलो मुर्ति बनाउदा
चम्किला उपहारहरु
बामे सर्दै
फेरी मुर्ति सम्म आइ पुग्छन्।।
दीर्घ बहादुर शाही (डोक्काघरे)






