कर्णाली जेसिज शाखाको १४औँ अधिवेशन सम्पन्न, प्रभुराम पाण्डे अध्यक्षतामा निर्वाचित

  ।   १४ माघ २०८२, बुधबार २१:०८

कालिकोट । कर्णाली जेसिज शाखाको १४औँ अधिवेशन सम्पन्न, प्रभुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

अधिवेशनले प्रभुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। अध्यक्ष निर्वाचित पाण्डे पत्रकारितामा सक्रिय एक कुसल पत्रकार हुन ।

 

नव–निर्वाचित कार्यसमितिमा भक्त बहादुर शाही र लक्ष्मि मल्ल (शाही) कार्यकारी उपाध्यक्षमा निर्वाचित भएका छन ।

मनोनीत पदमा त्यसैगरी खड्गजङ्ग शाही कानुनी सल्लाहकार, नन्द मल्ल महासचिव र लोकजंग बहादुर शाही कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।

उपाध्यक्ष पदमा निस्ता कार्की (उपाध्यक्ष–१), दुर्गा बहादुर शाही (उपाध्यक्ष–१), भिम सुनार (उपाध्यक्ष–३) तथा जनम प्रशाद न्यौपाने (उपाध्यक्ष – ४ )मा चयन हुनुभएको छ। जलेन्द्र कुमार बम सचिवमा निर्वाचित हुनुभएको छ।

यसअघि कर्णाली जेसिज शाखा बर्ष २०२५ का अध्यक्ष जेसी खगेन्द्र पाण्डेको सभाध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा कर्णाली जेसिज शाखा बर्ष २०२० का अध्यक्ष जेसी सबिन कुमार बिष्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने कर्णाली प्रदेश क्रिकेट संघका उपाध्यक्ष खड्कजङ्ग शाही विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

प्रमुख अतिथि बिष्टले जेसिज युवाहरूको नेतृत्व विकास र सामाजिक रूपान्तरणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै नव–निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन कर्णाली जेसिज शाखा बर्ष २०२१ का अध्यक्ष जेसी लक्ष्मण कुमार शाहीले गर्नुभएको थियो। शाहीले जेसिजमा समय बिताएर मात्र नेतृत्वमा आउन नसकिने र नेतृत्वमाका लागि क्षमता बिकासको अनिवार्य आवस्यक रहेको बताए ।

उद्घाटन सत्र समापन लगत्तै बन्द सत्र सुरु भएको हो । निर्वाचन आयुक्त जेसी गणेशमान पाण्डेले बन्द सत्रमा उम्मेदवारी नामावली दर्ता, आवश्यक प्रक्रिया पूरा गरी अन्तिम नामावली प्रकाशनपछि नेतृत्व घोषणा गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा कर्णाली जेसिज शाखा बर्ष २०२२ का अध्यक्ष जेसी धर्मराज शाहीलगायत जेसिज पदाधिकारी, पूर्व अध्यक्षहरू तथा नन–जेसिज सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनसँगै कर्णाली जेसिजमा थप उत्साह थपिएको देखिएको छ।

अधिवेशन सफलतापूर्वक सम्पन्न भएसँगै कर्णाली जेसिज शाखामा नयाँ ऊर्जा र उत्साह थपिएको सहभागीहरूको भनाइ छ।

Next Post

कर्णाली जेसिजको १४औँ पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न

१४ माघ २०८२, बुधबार २१:०८
कालिकोट । कर्णाली जेसिजको १४औँ पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।कार्यक्रम कर्णाली जेसिज वर्ष २०२५ का अध्यक्ष जेसि खगेन्द्र पाण्डेको सभाअध्यक्षतामा सुरु भई जेसिज वर्ष २०२६ का नव–निर्वाचित अध्यक्ष जेसि प्रभुराम पाण्डेको सभाअध्यक्षतामा समापन भएको हो। कार्यक्रमका क्रममा वर्ष २०२५ का अध्यक्ष जेसि खगेन्द्र पाण्डेले […]