कर्णाली जेसीजको अध्यक्षदेखि कांग्रेस जिल्ला प्रवक्तासम्म खगेन्द्र पाण्डे

  ।   ३० आश्विन २०८३, शुक्रबार ०८:०८

कालिकोट । विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका खगेन्द्र पाण्डे कर्णाली जेसीज वर्ष २०२५ का अध्यक्ष हुँदै नेपाली कांग्रेस कालिकोटको जिल्ला प्रवक्तामा निर्वाचित भएका छन्। विद्यार्थी राजनीति, सामाजिक सेवा र पार्टी संगठनमा सक्रिय पाण्डेको राजनीतिक यात्राले नयाँ जिम्मेवारी पाएको छ।

पाण्डेले २०६९ सालमा जनजीवन माध्यमिक विद्यालय, ताडी कालिकोटमा नेपाल विद्यार्थी संघको इकाई सभापतिको जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि नेविसंघ जिल्ला सदस्य तथा प्रवक्ताको भूमिका निर्वाह गरेका उनी नेपाली कांग्रेस कालिकोटको सातौँ जिल्ला अधिवेशनबाट पार्टी कार्यालय सचिव बनेका थिए।

२०७९ सालको स्ववियु निर्वाचनमा मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोटको स्ववियु सचिवमा निर्वाचित भएका पाण्डे २०८१ सालको निर्वाचनमा पुनः सोही पदमा निर्वाचित भएका थिए। त्यसै वर्ष नेपाली कांग्रेस कालिकोटका तर्फबाट उद्योग वाणिज्य संघ कालिकोटको कोषाध्यक्षको जिम्मेवारीसमेत सम्हालेका उनले विभिन्न सामाजिक गतिविधिमा सक्रियता बढाउँदै लगे।

कर्णाली जेसीज वर्ष २०२५ को अध्यक्षका रूपमा पाण्डेले युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सामुदायिक गतिविधिमा काम गर्ने अवसर पाएका थिए। जेसीजको नेतृत्व अनुभवसँगै पार्टी संगठनमा निरन्तर सक्रिय रहेका उनी नेपाली कांग्रेस कालिकोटको आठौँ जिल्ला अधिवेशनबाट जिल्ला प्रवक्तामा निर्वाचित भएका हुन्।

जिल्ला प्रवक्ताको जिम्मेवारीसँगै पार्टीका नीति, निर्णय र धारणालाई जनतासमक्ष पुर्‍याउने तथा पार्टी र नागरिकबीच संवाद स्थापित गर्ने जिम्मेवारी पाण्डामाथि थपिएको छ। उनले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने पार्टीका नेता–कार्यकर्ता, शुभचिन्तक तथा समर्थकप्रति आभार व्यक्त गर्दै समाजसेवा र जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।

विद्यार्थी राजनीति, स्ववियु नेतृत्व र जेसीजको अनुभवलाई पार्टी संगठन तथा जनताको सेवामा उपयोग गर्न सके पाण्डेका लागि जिल्ला प्रवक्ताको जिम्मेवारी थप प्रभावकारी बन्नेछ।

Next Post

कर्णाली प्रदेशस्तरीय पुरुष भलिबलमा सुर्खेत र सल्यान फाइनलमा

३० आश्विन २०८३, शुक्रबार ०८:०८
कालीकोट । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालीकोटको मान्ममा जारी कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट प्रतियोगितामा सुर्खेत र सल्यान फाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको तेस्रो दिन आज भएका प्रतिस्पर्धाबाट सुर्खेत र सल्यानले फाइनलमा स्थान सुरक्षित गरेका हुन्। फाइनल प्रवेशका लागि उत्कृष्ट प्रदर्शन गरेका दुवै टोली अब उपाधिका लागि आमनेसामने हुनेछन्। […]

सम्बन्धित शीर्षक