अमर अधिकारीको रचनामा स्वर्गद्वारी भजन रेकर्डिङ हुँदै

  ।   १० फाल्गुन २०८१, शनिबार ०८:२९

काठमाडौं  । साहित्यकार तथा लेखक अमर अधिकारीको रचनामा स्वर्गद्वारी प्रभुमहाराजको भजन रेकर्डिङ हुनेभएको छ।

पुर्ख्यौली थलो दाङ रहेकी वरिष्ठ गायिका चन्द्रकला शाह र दाङमै जन्मिएका सन्तोष श्रेष्ठको स्वर रहने उक्त भजनमा सङ्गीत सन्तोष श्रेष्ठकै रहने छ। सो सम्बन्धमा हिजो तीनजनाको छलफलबाट भजन रेकर्डिङ गर्ने निचोडमा पुगेको बताइएको छ।

गायिका चन्द्रकला शाह २०३६ सालदेखि रेडियो नेपालमा गायिकाको रुपमा कार्यरत हुनुहुन्थ्यो भने उहाँले केही साहित्यिक पुस्तकहरु पनि लेखिसक्नुभएको छ। त्यस्तै सन्तोष श्रेष्ठले तीस भाषामा सङ्गीत दिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा उनको नाम उल्लेख छ। उनी गजल गायक पनि हुन् र उनको एउटा उपन्यास फुरैना प्रकाशित छ।

भजनका रचयिता रोल्पामा जन्मिएका अमर अधिकारी सरकारी सेवाबाट २०७९ मा अवकाश भएपश्चात साहित्य-लेखनका पछिल्लो समयका चर्चित स्रष्टा हुन्। अधिकारीका पनि केही पुस्तकहरु प्रकाशित छन् भने एउटा गीत रेकर्डिङ भएर बजारमा आइसकेको छ। प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारी प्यूठान जिल्लामा पर्छ।

Next Post

विबाहामा दुई समुह विचको झडपबाट एक जनाको मृत्यु

१० फाल्गुन २०८१, शनिबार ०८:२९
बाजुरा । बिवाहामा दुई समुह विच दोहोरो झडपबाट घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बाजुराको बुढीगंगा नगरपालिका–८ मोटाबाडामा भएको विहेको निम्तोमा गएका  दुई समुह विच दोहोरो झडप भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बोहराका अनुसार झडपमा सोही नगरपालिका–८ डुग्रीतोलाका अन्दाजी २९ बर्षीया रणबहादुर […]