काठमाडौँ । दशैंतिहारलाई लक्षित गर्दै यही साता सार्वजनिक यातायातको अग्रिम टिकट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितीमा सम्पन्न यातायात व्यवसायीको बैठकले चाडपर्वमा यात्रुको सुविधाको लागि अग्रिम टिकट खुलाउने लगायतका ७ बुँदे सहमति गरेको छ ।
मन्त्रालय र व्यवसायीबीच भएको सहमतिअनुसार घटस्थापना अगाडि नै सबै सडक मर्मत गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिइएको छ । बीपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारीमात्र चलाउन एवम् रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गृहमन्त्रालयमा अनुरोध गरिएको छ ।
व्यवसायीले लामो समयदेखि उठाउँदै आएको भाडादर समायोजनको माग छठपछि कार्यान्वयन गर्ने गरी व्यवस्था मिलाउन विभागलाई निर्देशन दिइएको छ ।