जातिय विभेद गरेको आरोपमा एक शिक्षक पक्राउ

  ।   १३ श्रावण २०८१, आईतवार ०९:५४

दैलेख । सामाजिक संजाल फेसबुक कमेन्टमा जातिय विषयलाई अपमानित हुने शब्द प्रयोग गरि विभेद गरेको आरोपमा एक जना पक्राउ परेका छन ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा साउन ८ गते दर्ता गराएको ‘जातीय भेदभाव तथा छुवाछूत कसूर’ मुद्दाको सन्दर्भमा तर्क बहादुर सिंह पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रवक्ता एवम् सूचना अधिकारी वीरेन्द्र वीर विश्वकर्माका अनुसार तर्क बहादुर सिंह पक्राउ गरेको जानकारी दिएका छन् ।

डीएसपी विश्वकर्माको अनुसार पीडित पक्षको जाहेरी आएपछि मुद्धा दर्ता भई खोजतलासको लागी यस कार्यालयबाट जिल्ला प्रहरी कार्यालय दैलेख संग समन्वय गर्दा वारदात मिति देखी नै फरार रहेका दैलेख जिल्ला महावु गाउँपालिका वडा नं ०४ बस्ने सिंह लाई जिल्ला प्रहरी कार्यालय दैलेखको प्रहरी टोलीले शुक्रबार दिउँसो अन्दाजी १२ः ४५ बजेको समयमा परिक्षा दिन गएका बेला दुल्लु नगरपालिका वडा नं ०५ चाँदनी चौक स्थित कर्णाली होटलबाट पक्राउ गरेको हो ।

सि‌ंहलाई हिरासत कक्षमा राखी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रवक्ता एवम् सूचना अधिकारी विश्वकर्माले जानकारी दिए। कर्णाली प्रदेश प्रमुख तिलक परियारको सचिवालयमा कार्यरत रहेका १२ जना कर्मचारीहरूको विवरण मिति २०८१ साल ३ महिना ३० गतेका दिन सार्वजनिक भएको थियो। कर्मचारीहरूको लिस्ट सार्वजनिक भएपछि कर्मचारीहरू दलित समुदायको मात्र रहेको र, प्राय कणाली प्रदेश प्रमुख परियारका नातेदार मात्र राखेको भन्दै आलोचना भएको थियो।

सार्वजनिक भएको लिष्ट विनोद बुढा नामको फेसबुकमा अपलोड भएको थियो। त्यही अपलोड भएको ठाउँमा कमेन्ट गर्दै सिंहले सबै डुमै डुम छन् त यार अरू कोही रहेनछन् त , भनेर कमेन्ट लेखेका थिए। त्यो कमेन्ट लेखिसकेपछि दलितका युवा र अगुवाहरुले त्यो प्रदेश प्रमुख लक्षित नभई सम्पूर्ण दलित हरुलाई विभेद गरी लेखिएको भनेर विरोध गरे, प्रदेश प्रमुखको त्यो बिषयमा हामीले पनि विरोध गरेका छौं, तर उहाँले लेखेको कमेन्टले सम्पूर्ण दलित समुदायप्रती आच आउने असर गरेको दलित युवाहरूले बताएका छन्।

यो व्यवहारले सम्पुर्ण दलित माथि नै अपमान गरेको हुँदा घटनाबारे आवश्यक अनुसन्धान गरि दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेका छन्। सिंह नेपाल राष्टिय माध्यामिक विधालय महाबु – ४, गिताचौरका अंग्रेजी शिक्षक समेत रहेका छन ।

Next Post

कर्णालीबाट सवा ४ अर्ब रुपैयाँको कृषि उत्पादन निर्यात

१३ श्रावण २०८१, आईतवार ०९:५४
सुर्खेत । कर्णालीबाट सवा ४ अर्ब रुपैयाँको कृषि उत्पादन निर्यात भएको छ । आर्थिक वर्ष २०८० / ०८१ मा कर्णाली प्रदेशबाट ४ अर्ब ११ करोड रुपैयाँको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात गरिएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा ४ अर्ब ११ […]

सम्बन्धित शीर्षक