कर्णालीबाट सवा ४ अर्ब रुपैयाँको कृषि उत्पादन निर्यात

  ।   १४ श्रावण २०८१, सोमबार २१:४५

सुर्खेत । कर्णालीबाट सवा ४ अर्ब रुपैयाँको कृषि उत्पादन निर्यात भएको छ । आर्थिक वर्ष २०८० / ०८१ मा कर्णाली प्रदेशबाट ४ अर्ब ११ करोड रुपैयाँको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात गरिएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा ४ अर्ब ११ करोड ७७ लाख ८१ हजार रुपैयाँ बराबरको कृषि तथा पशुपंक्षीजन्य उपज प्रदेशबाट अन्यत्र निर्यात भएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कृषिजन्य उपज ९तरकारी, सुन्तला, फलफुल, मसलाबाली, मह आदि० २ अर्ब २६ करोड ६७ लाख ११ हजार रुपैयाँको प्रदेशबाहिर निर्यात गरिएको जानकारी दिनुभएको छ । पशुपंक्षीजन्य उपज ९खसी, दुध, माछा, मासु, घ्यू, राडीपाखा, छुर्पी आदि० १ अर्ब ८४ करोड ९० लाख ७० हजार रुपैयाँको निर्यात गरिएको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशको मूल प्रवेशद्वारा बबई र कपुरकोट नाकाबाट लिइएको तथ्याङ्कअनुसार कृषि तथा पशुपंक्षीजन्य उपजबाट ४ अर्ब ११ करोड ७७ लाख ८१ हजार रुपैयाँ सङ्कलन भएको मन्त्रालयका सचिव टिकाराम थापाले जानकारी दिनुभएको छ ।

गत आवमा ६ बैंक तथा आठ सहकारीबाट ९९ करोड ९७ लाख १४ हजार पुँजी परिचालन गरी प्रदेश सरकारले ३ करोड ४० लाख २३ हजार ब्याज अनुदान भुक्तानी गर्दा यसबाट कर्णालीका ९ सय ७१ व्यावसायिक कृषक लाभान्वित भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा कृषिमन्त्री विनोदकुमार शाहले कृषक र कृषि व्यवसायीलाई उपलब्ध गराइने अनुदानलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उत्पादनमा आधारित प्रोत्साहन र साना तथा मझौला कृषिमा आधारित उद्योग एवं उद्यमीलाई ब्याज अनुदान सहयोग गरिने बताउनुभयो ।

कृषि क्षेत्रमा ठूला खालका भौतिक पूवाधार, शीतभण्डार, सङ्कलन केन्द्र, सोलार स्टोर, प्रशोधन उद्योग आदि निर्माणपूर्व सम्भाव्यता अध्ययन गर्ने र ठूला योजनाभन्दा साना तथा मध्यम योजना कार्यान्वयनलाई प्राथमिकता दिइने पनि उहाँले बताउनुभयो ।

 

Next Post

कर्णालीमा किन भइरहेको छ, सरकार पुनर्गठनमा ढिलाइ

१४ श्रावण २०८१, सोमबार २१:४५
सुर्खेत । कर्णालीमा हाल ८ वटा मन्त्रालय छन् । त्यसमा कतिपय मन्त्रालयको जिम्मेवारी धेरै र कतिपय मन्त्रालय काम विहीन अवस्थामा छन् ।  यतिबेला सरकार पुनर्गठनसँगै मन्त्रालयभित्रको पुर्नसंरचनाको विषयले चर्चा पाएको छ । मुख्यमन्त्री यामलाल कँडेलले यो विषय गम्भीर रुपमा लिइरहेको र त्यसलाई बहसको विषय बनाइरहेका छन् । काम विहीन अवस्थामा […]