अपडेट

२६औँ अन्तर्राष्ट्रिय युवा दिवसको सुर्खेतमा युवामैत्री कार्यक्रमका लागि ठोस सहमति

  ।   २० श्रावण २०८२, मंगलवार १६:५८

सुर्खेत / २६औँ अन्तर्राष्ट्रिय युवा दिवस २०२५ “दिगो विकास र सुनौलो भविष्यको सार स् स्थानीय युवाको सहभागिता समृद्धिको आधार” भन्ने नारासहित भव्य रूपमा मनाउने तयारीस्वरूप कर्णाली प्रदेशको सुर्खेतमा सरोकारवालाहरूको समन्वयात्मक बैठक सम्पन्न भएको छ।

रोयम नेपालको समन्वयमा आयोजित उक्त बैठकको अध्यक्षता सुन्दर नेपाल संस्थाकी अध्यक्ष माया सापकोटाले गर्नुभएको हो । कार्यक्रममा कर्णाली प्रदेशमा सक्रिय १७ वटा संघसंस्थाहरूको प्रतिनिधिमूलक र समावेशी उपस्थिति रहेको हो।

बैठकमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विविध कार्यक्रमहरू आयोजना गर्ने सहमति जुटेको छ। डिजिटल अभियान सञ्चालन, बृहत र्‍याली आयोजना, युवा नीति र मुद्दासम्बन्धी प्यानल छलफल, र साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने जस्ता कार्यक्रम तय गरिएको रोयम नेपालका प्रदेश संयोजक सन्तोष विकले जानकारी दिनुभयो।

बैठकमा सहभागी प्रमुख संघसंस्थाहरूमा आवाज, नव ज्योति केन्द्र, सोसेक नेपाल, स्याक नेपाल, नेत्रहीन युवा संघ नेपाल, प्लेईङ फर चेन्ज, राष्ट्रिय अपांग महासंघ, लीवर्ड, सम्बन्ध नेपाल, सुर्खेत नेत्रहीन संघ, फेडो, ज्योति फाउन्डेसन, युवा मानव अधिकार रक्षक सञ्जाल, कर्णाली इन्द्रेणी आवाज, युथ फर गुड गभर्नेन्स, हुरेन्डक नेपाल, भाएनेट , कमुनिकेशन प्रा. लि लगायतका संस्थाहरू रहेका थिए।

बैठकमा सहभागीहरूद्वारा दिवसलाई सफल र प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य, समन्वय र साझेदारीमा विशेष जोड दिइएको थियो। बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।

Next Post

मनसुनको जोखिम बढ्दै, कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा सबै निकायलाई उच्च सतर्कता अपनाउन कडा निर्देशन

२० श्रावण २०८२, मंगलवार १६:५८
काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले देशभर फैलिएको मनसुनजन्य सम्भावित विपद्का घटनाहरूलाई मध्यनजर गर्दै सबै सरकारी निकायहरूलाई सतर्क र सक्रिय रहन स्पष्ट निर्देशन दिएका छन्। आज काठमाडौंस्थित शहरी विकास मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहितको […]