जुम्ला । चन्दननाथको सिम्खाडा गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । चन्दननाथ नगरपालिका वडा नं ३ स्थित सोमबार दिउँसो साढे २ बजेतिर एक्कासी आगलागिले दुई घर जलेका हुन् ।
जिल्ला प्रहरि कार्यालय जुम्लाका डिएसपी छेदिलाल कामतीका अनुसार चन्दननाथ -३ का स्थानीय खीप प्रसाद उपाध्याय र धर्मप्रसाद उपाध्यायका घर जलेको बताउनुभयो । एक घरमा आंशिक क्षेति भएको छ । उहाँका अनुसार विद्युतको तार सर्ट भएर आगो लागेको आशंका गरिएको छ ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना र नगर प्रहरी परिचालन गरिएको छ । भौतिक क्षति के कति भन्ने बारे विवरण आउन बाँकी रहेको डिएसपी कामतीले जानकारी दिनुभयो ।
सिम्खाडा गाउँमा पानीको अभाव र सुख्खा भएकाले आगो नियन्त्रणमा समस्या भएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।