अपडेट

बोन टिवीले थला परेका नमराज वि.क.लाई उपचारका लागि आर्थिक सहयोगको अपिल

  ।   २७ बैशाख २०८२, शनिबार १४:०२

काठमाडौं । कालिकोट घर भई हाल काठमाडौंको ट्रमा सेन्टरमा नमराज वि.क.को बोन टिवी अर्थात बायँ खुट्टाको कम्मरको भागमा हड्डी सुनिएको र पानि जमेकोले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ। समाज सेवि अङ्कल मनोज वि.क.ले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देश विदेशमा रहनुभएका नेपालीसँग आर्थिक सहयोगका लागि अनुरोध गर्नुभएको हो।

नमराज वि.क. पाँच वर्षयता सो समस्याको रोगसँग लडिरहनु भएको छ। उहाँले भन्नुभयो, “उपचार प्रक्रिया महँगो छ। तर, उपचार गर्दा रोग निको हुनसक्छ भन्ने डाक्टरको सल्लाह छ। त्यसैले मैले सबैलाई आर्थिक सहायताका लागि आग्रह गरेको हुँ।”

उहाँलाई कर्णाली प्रदेश कालागाउँ सुर्खेत प्रदेश अस्पतालमा पहिलो चेक जाँच गर्दा बायँ खुट्टाको कम्मरको भाग निर हड्डी सुनिएको र पानि जमेको डाक्टरको भनाई रहेको थियो । डाक्टरको सल्लाहा अनुसार काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरेको हो । उहाँलाई तत्काल बैशाख २५ गते पहिलो अप्रेशन गरि नमुना संकलन पठाईएको छ । मुख्य रोगको काठमाडौंका ६ वटा ठुला प्रयोगशालामा विरामको प्रशिक्षण हुँदैछ । रिपोर्ट अनुसार उहाँको उपचार जारि रहको बताउनुभयो ।

आर्थिकमा कमजोर वर्गीय किसान परिवारमा हुर्किएका वि.क. उपचारकै क्रममा ५ लाख रुपियाँ ऋणमा हुनुहुन्छ। देश र विदेशमा बस्ने उहाँका साथीहरूले सहयोग गरिरहनुभएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो सबैमा मेरो अनुरोध छ, सकेको सहयोग गरिदिनुहोला।”

पीडित नवराज वि.क.लाई सहयोग गर्नका लागि उहाँको अङ्कल मनोज विक प्रस्तुत बैङ्क खातामा रकम जम्मा गर्न सक्नुहुनेछ।

मनोज विक

नेपाल इन्मेष्टमेन्ट मेघा बैक

खाता नम्बर १४७०५३४०२५००२३

फोनः ९८६३ ३८३४४७

Next Post

कर्णाली नदीमा बेपत्ता दुई किशोरको खोजीमा शनिबार गोताखोर परिचालन

२७ बैशाख २०८२, शनिबार १४:०२
कालिकोट । कर्णाली नदीमा एक किशोर बेपत्ता भएका छन्। शुक्रबार कालीकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा नुहाउन गएका नरहरीनाथ गाउँपालिका-१ कोटवारीका १६ वर्षीय बिराज विष्ट डुबेर बेपत्ता भएका हुन्। शुक्रबार नै दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–९ स्थित कर्णाली नदीमा १६ वर्षीय भुवन सार्की बेपत्ता भएका थिए। ती दुवै किशोरको खोजीका लागि शनिबार […]