भाद्र ४ गते कर्णाली प्रदेशभरी सार्वजनिक बिदा

  ।   १ भाद्र २०८१, शनिबार १०:४३

सुर्खेत। भाद्र ४ गते कर्णाली प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय भएको छ । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएको छ । उक्त सूचनाअनुसार गत बैशाख १७ गते बसेको कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो ।

भदौ ४ गते मंगलबार कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरू बन्द रहने छन् । यसैबिच कर्णाली प्रदेश सरकारले तीन दिनसम्म सहिद दिवस बनाउने तालिका समेत सार्वजनिक गरेको छ ।

Next Post

हुम्ला जिल्लामा फाइबर टु द पुगे सगैँ ७७ वटै जिल्लामा फाइबर टु द होम सेवा

१ भाद्र २०८१, शनिबार १०:४३
सुर्खेत । कर्णाली प्रदेशको हुम्ला जिल्लामा नेपाल टेलिकमको फाइबर टु द होम सेवा शुभारम्भ भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयमा भर्चुअल माध्यमबाट सेवा शुभारम्भ गर्दै हुम्लासहित देशका ७७ वटै जिल्लामा फाइबर टु द होम सेवा पुगेको जानकारी दिए । मन्त्री सुब्बाले हुम्ला जिल्लामा यो सेवा […]

सम्बन्धित शीर्षक