हुम्ला जिल्लामा फाइबर टु द पुगे सगैँ ७७ वटै जिल्लामा फाइबर टु द होम सेवा

  ।   १ भाद्र २०८१, शनिबार १०:५५

सुर्खेत । कर्णाली प्रदेशको हुम्ला जिल्लामा नेपाल टेलिकमको फाइबर टु द होम सेवा शुभारम्भ भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयमा भर्चुअल माध्यमबाट सेवा शुभारम्भ गर्दै हुम्लासहित देशका ७७ वटै जिल्लामा फाइबर टु द होम सेवा पुगेको जानकारी दिए ।

मन्त्री सुब्बाले हुम्ला जिल्लामा यो सेवा शुभारम्भ भएसँगै एक सय दिनमा सरकारले प्राथमिकतामा राखेका महत्वपूर्ण पाँच वटा कामहरूमध्ये पहिलो काम पुरा भएको पनि जानकारी दिए ।

मन्त्री गुरुङले प्रविधिको क्षेत्रमा राम्रो काम गर्न सके यसले मुलुकको आर्थिक समृद्धिको ढोका खोल्न सक्ने भन्दै टेलिकमको फाइबर टु द होम सेवा विस्तारले मुलुकले लिएको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकमका अध्यक्ष राधिका अर्यालले मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य पुरा गर्न अबका दिनमा प्रविधिसँगै अगाडी बढ्नुपर्ने बताए ।

उनले यसका लागि दूर सञ्चार सेवा सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाल टेलिकमले व्यापार व्यवसाय मात्रै नभएर सरकारप्रतिको उत्तरदायित्व वहन गरेर सेवा विस्तार गरिरहेको बताए ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले अहिले फाइबर टु द होमसेवा पु¥याइएको हुम्ला जिल्लामा आगामी दिनमा मुलुकका अन्य भागमा जस्तै प्रभावकारी रुपमा इन्टरनेट प्रयोग गर्न सकिने बताए ।

नेपाल टेलिकम आम नागरिकमा सहज सेवा पु¥याउन प्रतिबद्ध रहेको भन्दै प्रबन्ध निर्देशक पहाडीले मुलुकका सबै जिल्लामा शुरु भएका सेवा आगामी दिनमा थप प्रभावकारी बनाएर अगाडी बढाइने बताए ।

Next Post

फाइल फोटो

पहिरोले छिन्चु जाजरकोट सडक अवरुद्ध

१ भाद्र २०८१, शनिबार १०:५५
सुर्खेत । पहिरोले छिन्चु जाजरकोट खण्ड अवरुद्ध भएको छ । गएराति परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाका अन्तर्गत ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । राजमार्ग अन्तर्गतको भेरी नगरपालिका १३ कुदुदेखि खलङ्गा नजिक खहरे खोला भीर र छेडागाड नगरपालिका १२ कालापहाड नजिक पहिरो […]