इस्कुल बस सेवा सञ्चालन गर्न कठीन मल्ल : भिडीयो सहीत

  ।   ९ बैशाख २०८१, आईतवार ०९:३४

कालीकोट जनप्रभात मावि सेरावाडाको विध्यालयले इस्कुल बस सेवा सञ्चालन गर्ने भएको छ । खाँडाचक्र नगरपालिका वडा नम्बर ८ मा रहेको विद्यालयलाई भारती दूतावासले बस प्रदान गरेपछि विद्यालयले बस सेवा सञ्चालनमा ल्याउने भएको हो ।

विद्यालयका प्रधानाध्यापक पदमबहादुर मल्लले दूतावासले प्रदान गरेको बस काठमाण्डौंबाट ल्याएर आफू कालीकोट आएको बताए। जनप्रभात मावि सेरावाडाको विद्यालयमा सडक जान कर्णाली राजमार्गबाट करिब दुई देखि तिन किलोमिटर सडक पुग्न बाँकि रहेको र सो सडक बनाउन पहल गरेर चाडै बस विद्यालय सम्म पुराउने बताए ।

इस्कुल बस सेवा सञ्चालन गर्न कठीन मल्ल भिडीयो :

विध्यालयले टाढा बाट आउने विद्र्याथिलाई सहज हुनका लागी सहयाृेग पुराउने र जनप्रभात माविका मात्र विद्र्याथी नभई तिलागुफा र खाँडाचक्र नगरपालिका भित्रका अन्य वडाबाट आउने विद्यार्थीलाई बसमार्फत सेवा दिने उहाँको भनाइ छ । बस निरन्तर सञ्चालन गर्न खाँडाचक्र नगरपालिकाबाट सहयोगको माग राख्ने र पालीकाले सहयोग नगरेकोे खण्डमा विद्यालय भन्दा बाहिर चलाउन पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

बस ल्याइए पनि बस सञ्चालन गर्न बस स्टाप पाल्न निकै कठीन रहेको मल्लले बताउनुभयो । बस स्टाप पाल्नकै निम्ति तिलागुफा नगरपालिकाको नाग्म देखी खाँडाचक्र नगरपालिकाको हुल्म सम्म बस सञ्चालन गरी सेवा दिने बताए ।

दूतावासमार्फत बस सहयोग पाउने सामुदायिक विद्यालय पहिलो रहेकाृ छ । कालिकोट जिल्लाका कुनै पनि विद्यालयले बस सेवा सञ्चालनमा ल्याएका छैनन् । निजी विद्यालयले बस सेवा सञ्चालनमा ल्याएपनि कालीकोटमा सरकारी विद्यालय कुनैले पनि बस सेवा सञ्चालन गरेका थिएनन् । सो बसलाई बैशाख ११ गते उद्घाटन गरेर सञ्चालनमा ल्याउने तयारि रहेको छ ।

Next Post

जाजरकोटमा भिरबाट लडेर एक महिलाको मृत्यु

९ बैशाख २०८१, आईतवार ०९:३४
सुर्खेत। भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जाजरकोट जिल्लाको बारे कोट गाउँपालिका ४ जिरी गाउँकी ७४ वर्षीया जया देवी विकको हिजो बेलुका भिरबाट लडेर मृत्यु भएको हो।   घर वाट नजिकको अर्को गाउँमा जाने क्रममा एक्कासि भीर वाट लड्दा गम्भीर घाइते भएकी वृद्धाको उपचारको तयारीकै क्रममा मृत्यु भएको […]