जाजरकोटमा भिरबाट लडेर एक महिलाको मृत्यु

  ।   ९ बैशाख २०८१, आईतवार १६:२४
साकेंतिक तस्बिर

सुर्खेत। भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जाजरकोट जिल्लाको बारे कोट गाउँपालिका ४ जिरी गाउँकी ७४ वर्षीया जया देवी विकको हिजो बेलुका भिरबाट लडेर मृत्यु भएको हो।

 

घर वाट नजिकको अर्को गाउँमा जाने क्रममा एक्कासि भीर वाट लड्दा गम्भीर घाइते भएकी वृद्धाको उपचारको तयारीकै क्रममा मृत्यु भएको वडाध्यक्ष विष्णु रावतले जनाएको छन् ।

जाजरकोटमा प्रत्येक महिना रुख र भीर वाट लडेर १०, १२ जना नागरिकले अकालमै ज्यान गुमाउने गरेको प्रहरीको तथ्याङ्क रहेको छ । धेरै जसो भिरालो जमिनमा घाँस, दाउरा गर्दा र हिँडडुल को क्रममा ठुला ठुला भीर रहेकाले नागरिकहरूले अकालमै ज्यान गुमाउनु परेको हो ।

Next Post

म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछी वन्यजन्तु बस्ती पसे

९ बैशाख २०८१, आईतवार १६:२४
काठमाडौं । म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ । वनमा डढेलो लागेपछी वन्यजन्तुको बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् । जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन् […]