प्रहरीको सई भन्दै ठगीधन्दा मच्चाउने दुई जना पक्राउ

  ।   २५ भाद्र २०८१, मंगलवार १९:४३

दैलेख । नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाको ‘सई हुँ’ भन्दै ठगीधन्दा मच्चाउने दुई जनालाई दैलेख प्रहरीले पक्राउ गरेको छ । दुई जनाले ‘प्रहरीको सई हुँ’ भन्दै विभिन्न जिल्लाका व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरेको पाइएको छ ।

पक्राउ पर्नेमा गुराँस गाउँपालिका–६, का २७ वर्षीय विकास बिसी र बाँकेको राप्ति सोनारी गाउँपालिका–७, लालपुरका ३६ वर्षीय लोकबहादुर खाण रहेका छन् ।

लामो अनुसन्धानपछि प्रहरीले बिसीलाई भदौ ३ गते बेलुकी उनकै गाउँबाट पक्राउ गर्न सफल भएको थियो भने खाणलाई भदौ १८ गते राती सुर्खेतको लेकबेशी नगरपालिका–२, को दशरथपुरबाट पक्राउ गरिएको हो । खाणलाई पक्राउ गर्नका लागि दैलेख प्रहरीको समन्वयमा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो ।

Next Post

विश्व आत्महत्या रोकथाम दिवस:कालीकोटमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम

२५ भाद्र २०८१, मंगलवार १९:४३
कालिकोट । आज विश्व आत्महत्या रोकथाम दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँएको छ । यसवर्ष पनि आत्महत्या रोकथाम बारे संबाद गरौ, दृष्टिकोण बदलौू नारामा मनाउन लागिएको हो । नेपालमा पनि ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नाराकासाथ विभिन्न चेतनामूलक कार्यक्रम भएका छन् । आत्महत्या रोकथाम दिवसको अवसरमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम कालीकोटमा […]