पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक अवरुद्ध

  ।   २ भाद्र २०८१, आईतवार ११:०९
सांकेतिक तस्बिर

सुर्खेत । पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक अवरुद्ध भएको छ । करिडोरअन्तर्गतको भेरी नगरपालिका–१३ कुदुबाट वडा नं ४ को खहरेखोला भिर र छेडागाड नगरपालिका–१२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जाजरकोट जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बेलुकी परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको को छ । भेरी नगरपालिका–११ स्थित खोदाखोला नजिक पनि खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२ काडला पहाडबाट तल्लु बगरसम्मको सडकका ठाउँठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको बताए । केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि कुदु र मटेलामा पहिरो खसेका कारण अहिले करिडोरभित्रको छिन्चु–जाजरकोट सडक अवरुद्ध प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।

सडक डिभिजन कार्यालय आज बिहानैदेखि पहिरो पन्छाउन जुटेको छ । चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको छ । पर्याप्त उपकराणको अभावमा सबैतिर समयमै बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । आज बिहानैदेखि भारी वर्षा भइरहेकाले समस्या थपिएको छ ।

 

Next Post

आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

२ भाद्र २०८१, आईतवार ११:०९
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो […]