तिलागुफामा माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते

  ।   २२ भाद्र २०८१, शनिबार २०:००

कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जुम्लाको सिञ्जादेखि सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको माइक्रो बस तिलागुफा नगरपालिका–५, खल्लागाडमा शनिबार दिउँसो दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीका अनुसार घाइतेहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ । उनका अनुसार ५ जनाको अवस्था गम्भीर छ । माइक्रोबसमा १८ जना सवार रहेका थिए ।

गाडीको ब्रेक नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । गाडी चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

Next Post

वर्षाका कारण कर्णाली राजमार्गको एसमोड र गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध

२२ भाद्र २०८१, शनिबार २०:००
कालीकोट । वर्षाका कारणले पहिरो जाँदा पुन: कर्णाली राजमार्ग पुर्ण अवरुद्ध भएको छ । शनिबार राति परेको अविरल वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका १ को एस मोड र गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरोले कालीकोट खण्ड पुर्ण रुपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । […]