कालिकोट । स्वास्थ्य शिक्षा उत्पादन र आपूर्ति ,रोजगारी,जीविका ,पूर्वाधार र समृद्धि ’’ भन्ने मुल नाराका साथ सनिवार अर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई गरिएको छ ।
शुभकालिका गाउँपालिका सुकाटिया कालीकोटको आयोजना र रेडियो शुभकालिका एफ।एम ९९.१ मेगाहर्ज कालीकोटको समन्वयमा उक्त कार्यक्रम गरिएको हो । शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यको सभाअध्क्षतामा सनिवार २०८०/०८१ र २०८१/०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै, शुभकालिका गाउँपालिकाकि उपाध्यक्ष धर्मा शाहीले भन्नूभयो सार्वजनिक सुनुवाइ भनेको कुनै सार्वजनिक सरोकारको विषयमा सरोकारवालाहरू, समुदायका सदस्यहरू, तथा सम्बन्धित पक्षहरूबीच खुला छलफल गर्ने प्रक्रिया भएको र यसमा सरकारी निकाय, गैरसरकारी संस्था, वा अन्य सरोकारवाला पक्षहरूले कुनै नीतिगत निर्णय, विकास योजना, वा सार्वजनिक विषयमा प्रत्यक्ष रूपमा नागरिकहरूको धारणा, गुनासो, तथा सुझाव लिने अवसर एक माध्यम भएको गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला पार्टी उपसभापति नन्द बहादुर शाही (घमन), नेकपा ऐमाले प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद आचार्य , जिल्ला पार्टी सचिव पुष्प राज आचार्य , नेकपा माओवादी केन्द्रका प्रतिनिधि महारुद्र आचार्य ,शुभकालिका गाउँपालिकाका प्रथम अध्यक्ष खडानन्द चौलागाँई शुभकालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्र बहादुर शाही लगाएतका अतिथिहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष आचार्यले भन्नू भयो नेपालमा स्थानीय तहदेखि संघीय सरकारसम्म विभिन्न निकायहरूले सार्वजनिक सुनुवाइ गर्ने चलन रहेको जसले शासन प्रणालीलाई पारदर्शी र जनउत्तरदायी बनाउन सहयोग गरेको गाउँपालिकाका अध्यक्ष गोविन्द आचार्यले बताउनु भयो ।
सो कार्यक्रममा स्थानीय नागरिक ,राजनीतिक दल ,स्थानिय जनप्रतिनिधि ,नागरिक समाज ,पत्रकार ,कर्मचारी, सुरक्षा कर्मि, शिक्षक, अभिभावक ,लगाएतका सरोकार वालाहरुको सहभागीतामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको थियो ।कार्यक्रममा विभिन्न राजनीतिक दले गाउँपालिका लाई राम्ररा कामगर्न सकारात्मक शुझाव सल्लाह समेत दिएका छन ।