कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ४ चिउरेलामा बर्थिङ सेन्टर प्रसुती गृहको उद्घाटन गरिएको गरिएको छ । खाँडाचक्र नगरपालिकाको प्रसुती गृह निर्माणमा आई.एन.एफ. नेपालले बर्थिङ सेन्टरमा चाहिने सम्पुर्ण उपकरण सामाग्री वितरणमा उद्धघाटन गरिएको हो ।
सोमवार एक कार्यक्रमका विच प्रसुती गृहको नगर प्रमुख कमल बहादुर शाहिले उद्घाटन गरेका हुन् । वडा नं. ४ का महिलाहरुले प्रसुती सेवा लिनका लागि जिल्ला अस्पताल मान्ममा जानुपर्ने बाध्यता थियो ।सबै गर्भवति महिलाहरु हीडेर जिल्ला अस्पताल जान निकै मुस्कील हुने गरेकोमा अव गाउँमै प्रसुती गृह निर्माण भएपछि सहज हुने विश्वास गरिएको छ ।

उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कमल बहादुर शाहिले नागरिहरुलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँचमा पुगाउन स्थानिय सरकार संस्थाहरु सगँ समन्वय साझेदारी गरेर आगामि दिनमा पनि यस्ता कामहरु गर्दै जाने प्रतिबद्धता जनाए । गाउँमै प्रसुती गृह निर्माण भएपछि अव प्रतेक गर्भवति महिलाहरुले प्रसुती गृहमा आएर बच्चा जन्माउन शाहिले आग्रह गरे । उनले यहाँका नागरिकहरुको माग , आवश्यकतालाई मध्यनजर गर्दै प्रसुती गृह निर्माण गरिएको र यसवाट लिन सकिने सेवामा कुनै कन्जुस्याइ नगरि नियमित रुपमा सेवा लिन आग्रह गरे । उनले यसका लागि चाहिने थप आवश्यक जनशक्ती, औजार उपकरणहरुको वव्यस्थापन गर्ने बताउदै गर्भवति महिलाहरुले घरमै बच्चा नजन्माएर प्रसुती गृहमा आई वच्चा जन्माउन सुझाव दिए । नगर प्रमुख शाहिले गर्भवति आमा र बच्चाको स्वास्थ्यका लागि प्रसुती गृहमा वच्चा जन्माउनु पर्ने बताए । प्रसुती गृह निर्माणमा आई.एन.एफ. नेपालले बर्थिङ सेन्टरमा चाहिने सम्पुर्ण उपकरण सामाग्री वितरणका लागि सहयोग गर्ने आई.एन.एफ. लाई धन्यवाद व्यक्त गर्दै खाँडाचक्र नगपालिकाका नागरिहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि नगरपालिका लागिपरेको बताए । आफुले चुनावको वेला जनतामाझ गरेका वाचाहरु एकपछि अर्को गर्दै पुरा गर्ने चरणमा रहेको समेत बताए ।
प्रसुती सेवा लिनका लागि टाढा जानु पर्ने बाध्यताले कतिपयले घरमै बच्चा जन्माउने गर्छन । जस्ले गर्दा आमा र बच्चाको ज्यान जाने खतरा पनि उत्तिकै हुने स्वास्थ्यकर्मी बताउछन । गाउँमै प्रसुती गृह निर्माण भएपछि धेरै महिलाहरुको ज्यान पनि जोगिने र सहज रुपमा गाउँमै प्रसुती सेवा लिन सहज हुने स्वास्थ्य शाखा प्रमुख मान बहादुर बिष्टले बताए ।
तेस्तै खाँडाचक्र नगरपालिका वडा न ४ का वडा अध्यक्ष प्रभानन्द आचार्यले विभिन्न समस्याका वावजुत भवन निर्माण सम्पन्न गरि आज उद्घाटन गर्न पाउनु यहाँका नागरिकहरुको ठुलो योगदान रहको बताए । उनले यसलाई निर्माण गरेर मात्र पुर्ण नहुने भन्दै यसवाट लिनु पर्ने सेवा नागरिकहरुले सहज रुपमा लिन पाउने गरि यसको व्यवस्थापन गरिने बताए ।

बर्थिङ सेन्टर भवन आई.एन.एफ नेपाल शाखा कालिकोटबाट लागू प्रजनन स्वस्थ्यमा सुधार तथा बाल बिवाह रोकथाम परियोजना अन्र्तगत एक दुर्गम बस्ती भित्रको कार्यक्रममा प्रर्दछ जस अन्र्तगत आई.एन.एफ नेपालले नेपाल सरकारको मापदण्ड अनुसार सो बर्थिङ सेन्टरमा चहिने सम्पुर्ण औजार तथा उपकरणहरु पुर्णरुपमा सहयोग गरि बर्थिङ सेन्टर उदघटन समारोह कार्यक्रम सु-सम्पन्न गरेको छ । सो भवनमा नवजात शिसु र आमाको मृत्युदर घट्ने विश्वास लिएको छ ।
उद्धघाटन कार्यक्रममा खाँडाचक्र नगरपालिका वडा न ३ का वडा अध्यक्ष दधिराम पाण्डे, जनप्रतिनिधी ,समाजसेवि , स्वास्थ्यकर्मी लगाएतको उपस्थितमा उद्धघाटन भएको हो ।
यो पनि :








