अपडेट

“पिपलकाे पातमा ब्याच बनाउने पहिलाे ब्यक्ति जुम्लाका महेश “

  ।   १८ असार २०८१, मंगलवार २२:३०

बिक्रम तिरुवा सलिन 

जुम्ला / नेपाली संस्कृति अनुसार अतिथि हाम्रा लागि देवता सम्मान हुन्छन त्यसैले भनिन्छ होला अतिथि देवो भवः । अतिथिलाई कसरी सत्कार गर्ने भन्ने विषयमा विभिन्न कार्यहरु पर्दछन त्यसै मध्यको एक हो ।  कार्यक्रममा आसन ग्रहण गर्ने क्रममा वितरण गरिने ब्याज । ब्याच शब्दको अर्थ खोज्दै जादा वृहत् शब्द कोषमा ब्याज भनेको कुनै चित्र वा संकेत भएको धातु कपडा कागज आदि बाट बनाईएको,लुगा वा कोट आदिमा लगाईने चिन्ह भन्ने बुझिन्छ ।

यसरी हेर्दा हाम्रो समाजको परिवेश अनुसार कुनै पनि कार्यक्रममा अतिथि आसन ग्रहण गर्ने क्रममा सम्पुर्ण अतिथि लाई भव्य आकर्षण रङ्गीचङ्गी गोलाकार मुजा पारिएको रिवनले घेरिएर कागजको सुन्दर ब्याच वितरण गर्ने गरिन्छ । प्राय: ब्याच कागज तथा रिवन वाट बनाएको हुन्थ्यो केहि वर्ष पहिला मात्र हो यी सबै ब्याज कागज तथा रिवन लाई सिलाई बनाउने गरिन्थ्यो क्रमश: समय परिवर्तन सँगै अहिले बजारमा यस्ता ब्याच तयारी अवस्थामा भेटिने गर्दछन । जसले गर्दा कुनै पनि कार्यक्रम,सभा वा सम्मेलन हुदा त्यस्ता ब्याच महगो रुपमा किनेर प्रयोगमा ल्याउने गरिन्छ । जसले गर्दा ब्याजमा मात्र मोटो रकम खर्च भईरहेको हुन्छ । पुन: तिनै ब्याच प्रयोगमा ल्याउने हुनाले दिन प्रतिदिन त्यसमा खर्च हुने रकम पनि बढ्दै गईरहेको देखिन्छ ।

मैले विद्यालयमा कार्यक्रम गर्दा पनि यस्ता आयातित ब्याज किन्नमै थुप्रै रकम खर्च गरेको थिए । जसले गर्दा समग्र विद्यालयलाई आर्थिक भार बहन गर्ने असमर्थ भई सकेको थियो । अँझ हाम्रा सामुदायिक विद्यालयको आर्थिक अवस्था कमजोर हुनु त्यहि माथि कहिलेकाही केहि कार्यक्रम गर्दा ब्याज ,खादा ,मालामा मात्र रकम खर्च हुने पिरले मलाई सताई रहन्थ्यो । हरेक कार्यक्रममा उपस्थित हुने अतिथि पाहुनाहरुलाई ब्याजको व्यवस्था अनिवार्यता भईसकेको थियो यसरी क्रमश: यो ब्याजको वैकल्पिक उपाय के हुन्छ भनेर म सोच्न बाध्य भए जसले गर्दा खर्च पनि नहोस् कार्यक्रम पनि सभ्य होस आगन्तुक पाहुना पनि खुसी हुन जस्ता सबै पक्षलाई ध्यानमा राखेर उपायको खोजीमा म रुमल्लिरहेको थिए ।

एक दिन विद्यालयमा मेरो पहलमा स्थानिय खाद्य परिकार भन्ने मेला लगाउने कुरा बारे विद्यालयमा छलफल चलाए सबै शिक्षक विद्यार्थी अभिभावक सबैले यो कार्यक्रम गर्नुपर्छ भन्ने राय सल्लाह आयो म पनि हौसिय र कार्यक्रमको मिति पनि तोकियो स्थान श्री हिमा आधारभूत विद्यालयमा आयोजना गर्ने निर्णय गरियो ।

हामी सबै व्यवस्थापन तिर जुट्यौ सबैलाई जिम्मेवारी बाँडफाड गरियो । मैले पनि मेरो भागमा ब्याज ब्यानर र खादा माला बनाउने जिम्मा राखे मैले सोचि सकेको थिए यसपालि आयातित ब्याज, खादा र माला पनि स्थानिय स्तरमा नै उत्पादन भएको भए झन राम्रो हुन्थ्यो भन्ने तसर्थ मैले पिपलको पातलाई नै ब्याज बनाउने निर्णय गरे ।

हिन्दु धर्ममा पनि पिपलको निकै महत्व छ । हिन्दु धार्मिक मान्यताले पिपलको रुखमा ब्रह्रा , विष्णु र शिवको बास हुन्छ भन्ने विश्ववास पनि रहेको छ । त्यसैले महत्वपुर्ण धार्मिक कर्ममा अनिवार्य रुपमा पिपलको प्रयोग गर्ने गरेका छन । वातावरणीय दृष्टिकोणले पिपल कार्वन धेरै सोस्न सक्ने र अक्सिजन पनि उतिकै प्रवाह गर्न सक्ने वनस्पतिका रुपमा चिनिने भएकाले मैले पिपलको पात नै छनोट गरे ।

पातमा लेख्नको लागी टिपेक्सको प्रयोग गर्ने सोचे र लेखे पनि त्यो बेला पिपलको पातमा टिपेक्सले नै प्रमुख अतिथि सभापति र अतिथि लेखे । हेर्दा आकर्षण देखियो अनि मैले निर्णय गरेकी यो पटक यहि ब्याज वितरण गर्ने सँगै खादाको सट्टा माला मात्र प्रयोग गर्ने जुन हाम्रो स्थानिय फूल,जौ अनि धुपि बाट निर्मित हुन । यसरी तयार गर्दै गर्दा मनमा डर पनि पैदा भएको थियो अतिथि ज्यूहरुलाई का पात वाडेको छ ? पातमा पनि ब्याज हुन्छ र ? भनेर रुष्टता पोख्दछन कि जस्तो पनि लागीरहेको थियो  डरका बावजुद पनि मैले पिपलको ब्याज नै वितरण  गर्ने अठोट गरे ।

त्यसो महात्मा राजा रन्तिदेवले फल मुल र पत्ताहरुद्धारा एक पटक ऋषिमुनिहरुको पुजन गरेका थिए । यहि पुजन बाट पनि ऋषिमुनिलाई सन्तुष्ट पारेका थिए जसका कारण उनलाई उत्तम लोकको प्राप्ति भएको थियो भन्ने पौराणिक कथाहरुहरुमा उल्लेख छ । तसर्थ मलाई लोकको प्राप्ति गर्ने मन थिएन मात्र यो कार्यको थालनी गर्ने थियो पिपलपातको ब्याज ।

कार्यक्रम सुरु भयो खादाको सट्टा माला दिन केहि नौलो थिएन नौलो थियो त ब्याज वितरण । ब्याज वितरण गर्ने सर म्याडमहरु पनि केहि अप्ठेरो महसुस गरेको अनुहार छर्लङगै देखिन्थ्यो त्यसका बाबजुद पनि सबैअतिथि लाई ब्याज बाड्यौ ।

एकै छिन म माथि भएको डरको सट्टा खुसिको तरङग फैलिन थाली सकेको थियो । सबै अतिथि पाहुना आफु आफु मुखामुख गर्दै थिए यो महेश सरले कस्तो तरिका अपनाउनु  भएको होला ! पिपलपातको ब्याज बनाउने कार्यमा सबैले मेरो प्रशंसा गर्दा बल्ल मलाई सन्तुष्टि सँगै खुसीको महसुस भएको थियो । हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाही प्रमुख अतिथि हुनु भएको त्यो कार्यक्रममा पुरै रुपमा स्थानिय उत्पादन सँग मात्र सम्बन्धित रहेको थियो । उहाँले यति धेरै खुसि ब्यक्त गर्नु भयो फलस्वरुप मैले त्यस पछिका कार्यक्रममा पिपल पातको ब्याज र फूलमाला मात्र प्रयोग गर्ने  गरे । पर्यावरणिय रुपमा होस या मुल्यका हिसावले होस यो कार्य निकै प्रशंसनिय रहेको थियो ।

पछि मेरो नेतृत्वमा मेरो विधालयमा खादा र आयातित ब्याज प्रतिबन्ध लगाए यहि कार्यलाई राम्रो मानेर हिमा गाउँपालिकाले पनि आफ्ना अधिकांश कार्यक्रममा आयातित ब्याज बन्द गरि पिपल पातको ब्याज लाई निरन्तरता दिईरहेको छ यस कार्यमा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले पनि हिमामा आयोजना हुने अधिकांश कार्यक्रममा यो ब्याज लाई प्रयोग गर्नेमा जोड दिई राख्नु भएको छ ।

केही समय पहिले मात्र सम्पन्न भएको कर्णाली प्रदेश मै पहिलो पढाई मेला हिमा गाउँपालिकाले नै आयोजना गरेको थियो सो कार्यक्रममा पनि पिपल पातको ब्याज नै प्रयोगमा ल्याईएको थियो यसरी हाल जुम्ला जिल्लामा हुने गरेका थुप्रै कार्यक्रममा पनि यहि ब्याजलाई सिकोको रुपमा प्रयोग गर्दै आइरहेका पाईन्छ ।

मैले सानो विद्यालयको सानो कार्यक्रममा प्रयोग गरेको एउटा पिपल पातको ब्याज जिल्ला भरी फैलिएको छ । समयानुकूल यस पातमा लेख्ने शैली परिवर्तन गरेको छु । टिपेक्सको सट्टा ईनामेल र ब्रस ले लेख्दा अझ आकर्षक र टाढै बाट देखिने गर्दछ । यहि कार्यलाई थुप्रै संघसंस्था स्थानिय तहले प्रयोग गर्दै आईरहेको देखेर म आफुलाई गौरवान्वित ठान्दछु । एउटा सानो सोचले पनि ठुलो कार्यको थालनी गर्ने सकिदो रहेछ भन्ने आत्म विश्वास म मा रहेकाे छ ।

अहिले हरेक कार्यक्रममा अतिथि ज्यू हरुको बाँया पट्टिको छातिमा सजिएको पिपल पातको ब्याज देख्दा मलाई औधि खुसि लागेर आउने गर्दछ ।

लेखक महेश रावल हिमा आधारभूत विद्यालय कोईरेली जुम्लाका प्रधानाध्यापक समेत हुनुहुन्छ ।

Next Post

रारा तालमा डुबेर एक युवकको मृत्यु

१८ असार २०८१, मंगलवार २२:३०
मुगु । पौडी खेल्ने क्रममा रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ । रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत राजु घिमिरेका अनुसार बिहीबार दिउँसो छायानाथ रारा नगरपालिका कार्कीबाडाका अन्दाजी २० २१ वर्षीय शिशिर रावल रारा तालको पूर्वपट्टि ठाकुरनाथको मन्दिरनजिक डुबेको अवस्थामा फेला परेका थिए । साथीसँग तालमा पौडी खेल्ने क्रममा […]

सम्बन्धित शीर्षक