स्ववियु द्धारा भलिबल खेल प्रतियोगिता हुदैँ

  ।   १३ असार २०८१, बुधबार १२:०७

कालिकोट । स्वतन्त्र बिद्यार्थी युनियन तिला कर्णाली  क्याम्पस कालिकोटको आयोजनामा पुरुष भलिबल खेल प्रतियोगिता हुने भएको छ ।

कालिकोट जिल्लाभर रहेका क्याम्पस तथा विद्यालयल र पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।

स्वतन्त्र बिद्यार्थी युनियन सभापति हिक्मत सिंहका अनुसार सहभागी हुन इच्छुक खेलाडीहरुले असार १४ गते बिहान सम्म टिम दर्ता गरेर असार १५ गते संचालन हुने खेलमा सहभागी हुन सक्ने बताउनुभयो ।

सिंहका अनुसार १५ गते बिहान १० बजे तिला कर्णाली बहुमुखी क्याम्पसको प्राङ्गण ताडिमा खेलको उद्वघाटन हुने कार्यक्रम रहेको बताउनुभयो ।

सो खेलमा प्रथम पुरस्कार ४० हजार, कप, म्याडल र प्रमाणपत्र, दृतिय पुरस्कार २५ हजार, कप, म्याडल र प्रमाणपत्र , तृतीय पुरस्कार कप, म्याडल र प्रमाणपत्र रहेको बताउनुभयो ।

त्यस्तै खेलमा सहभागी हुन टिम दर्ता शुल्क ४ हजार लाग्ने र खेल तिला कर्णाली बहुमुखी क्याम्पसको प्राङ्गणमा नै हुने समेत बताउनुभयो ।

 

Next Post

स्ववियुले भलिबल खेल प्रतियोगिता गर्दै

१३ असार २०८१, बुधबार १२:०७
कालिकोट । स्वतन्त्र बिद्यार्थी युनियन तिला कर्णाली क्याम्पस कालिकोटको आयोजनामा भलिबल खेल प्रतियोगिता हुने भएको छ । कालिकोट जिल्लाभर रहेका क्याम्पस तथा विद्यालयल र पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो । सभापति हिक्मत सिंहका अनुसार सहभागी हुन इच्छुक खेलाडीहरुले असार १४ गते बिहान सम्म टिम दर्ता गरेर […]