द्वन्द्वबाट विकासतर्फ : सल्यानमा कृषक समूहको प्रभावशाली यात्रा

  ।   २१ चैत्र २०८२, शनिबार १८:४८

सल्यान । सल्यानमा सक्रिय कृषक समूहले तेस्रो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गर्दै आर्थिक सशक्तीकरणमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

कुमाख गाउँपालिका–३ मा अवस्थित गणतान्त्रिक योद्धा स्मृति कृषक समूहको साधारण सभा समूहका अध्यक्ष धर्मे बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्वमन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य भीम प्रकाश शर्मा सहभागी भएका हुन ।

सभामा प्रस्तुत वार्षिक प्रतिवेदनले समूहले द्वन्द्व प्रभावित परिवारहरूको जीवनस्तर सुधारमा उल्लेखनीय योगदान दिएको देखाएको छ। जनयुद्ध, जनआन्दोलन तथा प्रदेश स्थापना आन्दोलनका सहिद, घाइते, अपाङ्गता भएका तथा बेपत्ता परिवारलाई लक्षित गरी सञ्चालन गरिएको आयआर्जन कार्यक्रममार्फत आर्थिक सशक्तीकरणको प्रयास गरिएको जनाइएको छ।

कार्यक्रम सञ्चालनका लागि कर्णाली प्रदेश सरकारमार्फत जिल्ला कृषि विकास कार्यालयबाट प्राप्त ४५ लाख ३० हजार रुपैयाँ अनुदान र सदस्यहरूको ३ लाख ३३ हजार रुपैयाँ योगदानसहित कुल ४८ लाख ६३ हजार रुपैयाँ लगानी गरिएको थियो। उक्त लगानीले उत्पादनमूलक गतिविधिमा विस्तार ल्याउँदै लक्षित वर्गको आयआर्जनमा सकारात्मक प्रभाव पारेको समूहले जनाएको छ।
प्रतिवेदनअनुसार हाल समूहको कारोबार ६७ लाख ४६ हजार ८८५ रुपैयाँ पुगेको छ, जुन उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ। यसै अवसरमा उत्कृष्ट कारोबार गर्ने ७७ जना सदस्यलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै भीम प्रकाश शर्माले यस पहललाई देशकै नमुना कार्यक्रमको रूपमा व्याख्या गर्दै द्वन्द्वपीडित परिवारहरूको आर्थिक उत्थानसँगै सामाजिक सद्भाव र एकता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुशासन, पारदर्शिता र विधिसम्मत सञ्चालनमा जोड दिनुपर्ने धारणा राख्नुभयो।

अन्य वक्ताहरू जस्तै हरि प्रकाश बुढाथोकी, लालचन रावत, लालवीर परियार, शान्ता वली, चित्र प्रकाश गिरी र हिरासिंह बस्नेत ले पनि कार्यक्रमको प्रशंसा गर्दै साना लगानीमार्फत ठूलो उपलब्धि हासिल गर्न सकिने उदाहरण प्रस्तुत भएको बताए। उनीहरूले उत्पादन भएका वस्तुको बजार व्यवस्थापनमा राज्यको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा उपाध्यक्ष धनबहादुर हमालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सन्तोष वि.क.ले सञ्चालन गर्नुभएको थियो। सदस्यहरूको उल्लेख्य सहभागिताबीच विभिन्न प्रस्तावहरू पारित गर्दै सभा सम्पन्न भएको

Next Post

पेट्रोलियम अभावको असर : देशभर दुई दिने बिदा लागू हुने

२१ चैत्र २०८२, शनिबार १८:४८
काठमाडौं । देशभर पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता तथा ऊर्जा व्यवस्थापनलाई मध्यनजर गर्दै सरकारले महत्वपूर्ण निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अबदेखि हप्तामा दुई दिन—शनिबार र आइतबार—सरकारी बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले जानकारी दिएअनुसार यो व्यवस्था चैत महिनाको पहिलो सोमबारदेखि लागू हुनेछ। […]