पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

  ।   २९ श्रावण २०८१, मंगलवार १४:५०
फाईल फोटो

कालिकोट । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको चौखोलामा खसेको ठुलठुला ढुङ्गा सहितको पहिरोले अवरुद्ध सडक एकतर्फी रूपमा सुचारु भएको हो ।

जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग आएको ठुलठुला ढुङ्गा सहितको पहिरोले अवरुद्ध सडक एकतर्फी रूपमा सञ्चालन भएको छ ।

सडक दुईतर्फी सञ्चालन गर्नका लागि ब्लास्टङ गर्नुपर्ने र यो बर्सातको समयमा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रीको समयमा यात्रा नगर्नु हुन आग्रह समेत गर्नुभएको छ।

Next Post

कर्णालीका तीन जिल्ला मात्र खाद्यान्न आत्मनिर्भर

२९ श्रावण २०८१, मंगलवार १४:५०
सुर्खेत । सरकारी तथ्यांकका अनुसार कर्णालीका तीन जिल्ला मात्र खाद्यान्न आत्मनिर्भर रहेका छन् । आफ्नै उत्पादनमा निर्भर रहेका जिल्लामा सल्यान, सुर्खेत र दैलेख मात्र रहेको कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेका अनुसार कर्णालीलाई पूर्णरूपमा खाद्यान्नमा आत्मनिर्भर […]

सम्बन्धित शीर्षक