जुम्लाको तातोपानिमा भरिभराउ हुँदा स्नान गर्न समस्या

  ।   २० पुष २०८१, शनिबार १२:१०
फाईल फोटो

जुम्ला । सुन्दर पर्यटकिय स्थल रारातालमा पुग्ने धेरै जसो पर्यटक जुम्लाको तातोपानि पनि पुग्ने गरेका छन् । जिल्लाको तातोपानि गाउँपालिकामा स्नान गर्न छिमेकि जिल्लासंगै देशभरका नागरिक त्यहाँसम्म पुग्ने गरेका छन् ।

तातोपानिमा छ वटा धारा रहेको गाउँपालिकामा बाहै्र महिना तातोपानि आउने गर्छ । त्यहाँ स्नान गरेमा बाथ रोगलगायत शरिरमा भएका समस्या समाधान हुने विश्वास छ, भने स्नान गर्नेको पनि त्यतिकै भिड लाग्ने गर्दछ । राराताल हुँदै तातोपानी पुग्नुभएका बुटवलका विक्रम राईले तातोपानीमा स्थानीयहरुको भिड भएकाले आफुले स्नान गर्न नपाएको गुनासो गरेका छन् । उनले पूरै गाउँका महिलादेखि बालबालिकाहरुले धारा कब्जा गरेकाले बाहिरबाट यहाँ पुग्नेले तातोपानीमा स्नान गर्ने अवसर कमै मिल्ने गरेको सुनाएका छन् ।

महिला र पुरुष भनेर धाराको भित्तामा लेखिएको छ तर स्थानीय महिला र बालबालिकाले सबैतिरका धारा भरिभराउ हुने हुँदा समस्या भएको हो । तातोपानीको धारा भएको स्थान तातोपानी गाउँपालिकाको वडा नं २ को जर्मिगाउँको पुच्छारतिर तिलानदीको भित्तामा छ । यहाँ प्रायः भदौ असोजमा मात्र बाहिरका पर्यटकलाई सहज हुने गरेको छ ।

यो सिजनमा गाउँका महिला खेतबारीमा हुने भएकाले धारा खाली हुने गर्छ । मङ्सिरदेखि फागुनसम्म भने यहाँ बाहिरबाट आउने पर्यटकले पालो पाउनै मुस्किल हुने गरेको छ । स्थानीयले सबै काम सकेको र घरमै बस्ने भएकाले यो समयमा स्थानीयको बढी सहभागिता धारामा हुने गरेको गाउँपालिकाको भनाइ छ ।

तातोपानी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष चन्द्रमान बुढाले सबै दिन होइन कुनै दिन गाउँका महिला सरसफाइका लागि धारामा जाने गरेको बताउनुभयो । उहाँले कुनै दिन काम सकेर सबै सरसफाइका लागि धारामा जाने र उसै दिन यहाँ आउने आन्तरिक पर्यटकलाई सास्ती हुन पुगेको होला, यसलाई व्यवस्थित गर्न कर्मचारीलाई आवश्यक सल्लाह दिने बताउएका छन् ।

 

Next Post

बालविवाह न्यूनिकरण गर्न चुनौती उमेर नपुगी विवाह गर्नेको तथ्यांक कर्णालीमा डरलाग्दो

२० पुष २०८१, शनिबार १२:१०
सुर्खेत । बालविवाह न्यूनिकरण गर्न चुनौती देखिएको पाइएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण बालविवाह हुनेगरेको जनाइएको हो । वीरेन्द्रनगरमा आयोजित बालविवाह न्युनिकरणमा पत्रकारको भूमिका विषयेक कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । बालविवाह न्यूनीकरणका लागि कर्णालीमा धेरै कार्यक्रम तथा अभियान थालिए पनि अवस्था भने ज्यूँका त्यूँ रहेको पाइएको छ […]