कर्णालीमा श्रीकृष्ण रथयात्रा र लाखेनाच प्रतियोगिता

  ।   ३१ श्रावण २०८२, शनिबार १३:४२

सुर्खेत। वैदिक सनातन धर्म सेवा समितिको आयोजनामा कर्णाली प्रदेशस्तरीय श्रीकृष्ण रथयात्रा तथा लाखेनाच प्रतियोगिता हुने भएको छ। नेपाली कला, संस्कृति, धर्म र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रमलाई व्यवस्थित र सुरक्षित ढंगले सम्पन्न गर्दै धार्मिक पर्यटनलाई पनि प्रोत्साहन गर्ने तयारी भइरहेको समितिले जनाएको छ।
समितिका महासचिव ललित भट्टराईका अनुसार प्रतियोगितामा विभिन्न विधामा आकर्षक पुरस्कार राखिएका छन्। प्रथम हुनेले रु १,०१,०००,
द्वितीयले रु ५०,५००, तृतीयले रु २५,०२५ पाउनेछन्।

यसबाहेक, उदयमान लाखे, उत्कृष्ट लाखे, उत्कृष्ट भक्क, उत्कृष्ट तरवार चालक र उत्कृष्ट रथ को लागि छुट्टाछुट्टै रु ११,००० पुरस्कारको व्यवस्था गरिएको छ।
आयोजनाको खर्च र सहयोग कार्यक्रमलाई भव्य बनाउन विभिन्न व्यवस्थापन शीर्षकमा बजेट तोकिएको छ। ध्वनि प्रणालीमा रु ५०,०००, टेन्ट–पन्डालमा रु ३०,०००, निर्णायकका लागि रु १५,०००, स्वयम्सेवक व्यवस्थापनमा रु ३०,०००, मायाको चिनो छपाइ तथा प्रकाशनमा रु २१,०००, प्रचार–प्रसार तथा लाइभ टेलिकास्टमा रु ४०,०००, विविध सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा रु ८२,४७५ खर्च हुने अनुमान गरिएको छ।

समग्रमा करिब पाँच लाख रुपैयाँ खर्च हुने अपेक्षा गरिएको यो कार्यक्रममा आवश्यक व्यवस्थापन खर्चका लागि कर्णाली प्रदेश सरकारसँग पनि सहयोगको अनुरोध गरिएको समितिले जनाएको छ।

Next Post

जुम्लामा भ्यान दुर्घटना हुँदा दुईजना घाइते

३१ श्रावण २०८२, शनिबार १३:४२
जुम्ला । कर्णाली राजमार्ग अन्तर्गत पर्ने तातोपानी गाउँपालिका – १ बाईराँका नजिकै भ्यान (गाडी) दुर्घटना हुँदा दुईजना  घाइते भएका छन् । गाउँपालिकाको बाईराँका गाउँ नजिकै क. १ ज.००३७ नम्बरको गाडी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका हुन । उनीहरुलाई उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । घटानाबारे […]

सम्बन्धित शीर्षक