पलतामा ओभर लोड यात्रु जिव दुर्घटनामा परि ७ जनाको मृत्यु , १२ जना घाइते

  ।   २६ कार्तिक २०८१, सोमबार ०७:२४

कालीकोट । कालीकोटको पलतामा यात्रु बोकेको बोलेरो आइतबार दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमै र एक जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । १२ जना घाइते छन् ।

आइतबार दिउसो २ बजेर ५० मिनेटमा पलाता गाउँपालिका–३ राडुनेटामा बोलेरो जिव दुर्घटना भएको हो ।दुर्घटना परेको बोलेरो खिनबाट पलाता जाँदै गरेको १ ज ५६ नम्बरको बोलेरो ५ यात्रु सिट पास भए पनि चालकसहित १९ जना सवार रहेका थिए । दुई वर्षअघि ट्र्याक खुलेको सडकमा उकालो चढ्न नसक्दा बोलेरो सडकबाट ५ सय मिटर तल खसेको हो ।

कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार दुर्घटनामा पलाता गाउँपालिका ६ की दशकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता गाउँपालिक–५ की छाया शाही, पलाता गाउँपालिक–३ का दमन रोकाया र सल्यान घर भएका ४५ वर्षीय चालक धनीराम रावतको मृत्यु भएको छ ।

घाइते हुनेमा पलाता गाउँपालिका–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, पलाता गाउँपालिक ५ का दोली विक र आयुशा विक, पलाता गाउँपालिक–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकायालाई सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एक जना यात्रु सामान्य घाइते भएका छन् । नेपाली सेनाका महासेनानी दीपध्वज खड्काको टोलीले घाइतेहरूको उद्धार गरेर प्रदेश अस्पताल पुर्‍याएको हो ।

घाइते यात्रु भूपेन्द्र रोकायाका अनुसार ओभरलोड बोलेरो साँघुरो सडकमा उकालो चढ्न नसकी ‘ब्याक’ भएर तल खसेको हो । बोलेरोभित्र ७ जना र पछाडि ९ जना र साने हुट माथि ३ जना यात्रु सवार रहेको बताउनुभयो। ‘गाडीभित्र भएकाहरू ब्याक हुँदा निस्कनै पाएनन्,’ उनले भने, ‘भिरालो ठाउँमा भर्खर खुलेको ट्र्याकमा धेरै यात्रु राखेर सवारी चलाउनु नै गल्ती थियो ।’ उनका अनुसार दुर्गम गाउँमा अन्य सवारीसाधन नचल्ने हुँदा कोचाकोच गरेर एउटै गाडीमा चढ्नुपर्ने बाध्यता रहेको बताउनुभयो  ।

कर्मचारी मिलन केन्द्रे कालिकोटले सो दुर्घटनामा घाईतेलाई बिस हजार रुपैयाँ सहयोग गर्ने मिलन केन्द्रका अध्यक्ष कमल राज पाण्डेले बताउनुभयो ।

 

Next Post

नेकपा एसको कर्णाली प्रदेश प्रथम अधिवेशन आज ११ बजे उद्धघाटन

२६ कार्तिक २०८१, सोमबार ०७:२४
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) आज हुने कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबाट समुद्घाटन हुने भएको छ । कात्तिक २६ अर्थात आज ११ बजे उद्धघाटन हुने कर्णाली प्रदेश प्रथम अधिवेशनमा जम्मा ५ सय २ जना प्रतिनिधि कर्णलीका १० जिल्लाबाट विरेन्द्रनगरमा लगभग पुगी सकेका छन् […]

सम्बन्धित शीर्षक