सरकारी निकायहरूले शहिद दिवस मनाउन छोडे

  ।   १६ माघ २०८१, बुधबार १९:३३

जुम्ला । प्रत्येक वर्ष माघ १६ गते शहिद दिवस मनाउने गरिन्छ । देशका विभिन्न स्थानमा निकै तामझामका साथ आज शहिद दिवस मनाईएको छ । देशका अधिकांश जिल्लामा पछिल्लो समय शहिद दिवस मनाउने गरेको देखिदैन तर जुम्ला जिल्लामा कुनै पनि सरकारी निकायहरूले यो वर्ष शहिद दिवस भने मनाएका छैनन् ।

सदाको वर्ष झै यो वर्ष पनि शहिद सप्ताह मनाईएको थियो तर जुम्लामा भने शहिद सप्ताहले कुनै प्रभाव पारेको देखिदैन । जिल्लाका सरकारी निकायहरु शहिद दिवसको दिन आएको सायद पत्तो नै भएन । कुनै पनि सरकारी गैरसरकारी निकायबाट शहिद दिवस नमनाएता पनि नेपाल पत्रकार महासंघ जुम्ला शाखाले साँझको समयमा नेपालको नमूना नक्सा बनाई दीप प्रज्वलन गरेर राष्ट्रिय शहिद दिवस मनाएको छ ।

पत्रकार महासंघ जुम्लाका कोषाध्यक्ष सागर परियारले भनेुयो वर्ष कुनै पनि जिल्लाका सरकारी तथा गैरसरकारी निकायहरुबाट शहिद दिवस मनाउने पत्र हामीलाई आएन तैपनि नेपाल पत्रकार महासंघले वीर शहिदहरुको सम्झनामा शहिद दिवस मनाउने छलफल पछि कृष्ण मन्दिर परिसरमा दीप प्रज्वलन गर्ने निधो गरेर हामीले शहिद दिवस मनाएका हौुं ।

Next Post

महंगी बढाएर जनताको ढाड बाँच्ने काम भएको :एकीकृत समाजवादी

१६ माघ २०८१, बुधबार १९:३३
काठमाडौँ । नेकपा एकीकृत समाजवादी महंगी बढाएर सरकारले जनताको ढाड भाँचेको निश्कर्षमा पुगेको छ । एकीकृत समाजवादीको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले सरकारले ल्याएका विभिन्न अध्यादेश र अहिलेसम्म गरेका निर्णय तथा काम कारवाहीले छलफल गर्दै यस्तो निश्कर्ष निकालेको हो । उपमहासचिव रामकुमार भट्टराईले बैठकले अध्यादेशका कारण अहिले महंगी बढेको निष्कर्ष […]

सम्बन्धित शीर्षक