अपडेट

सुर्खेतमा बोलेरोको ठक्करबाट २ जना घाइते मध्य उपचारको क्रममा १ जनाको मृत्यु

  ।   ७ श्रावण २०८२, बुधबार १४:१०
साकेंतिक तस्बिर

सुर्खेत । वीरेन्द्रनगर ११ धुलियाबिट नजिक बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाइते भएका छन्।

बुधवार बिहान करिब १० बजेर ४५ मिनेटको समयमा गुर्भाकोटको गुमीबाट सुर्खेततर्फ जादैँ गरेको कर्णाली प्रदेश ०२००१ च ०९४४ नम्बरको बोलेरो गाडीले मिनिट्रकबाट घाँस झारिरहेका दुई जनालाई ठक्कर दिएको हो ।

ठक्करबाट वीरेन्द्रनगर–११ धुलियाबिटका ३४ वर्षीय प्रेम बुढा गम्भीर घाइते भएका हुन । उहाँको पेट र टाउकोमा गहिरो चोट लागेपछि तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको भए पनि बिहान ११ बजेर १० मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढाथापाले  बताए ।

 

Next Post

कम्युनिस्टहरू एकले अर्कोलाई देख्दा मुन्टो बटारेर हिन्ने चलन अन्त्यहुन आवश्यक: अध्यक्ष सिंह

७ श्रावण २०८२, बुधबार १४:१०
कालिकोट ।  नेकपा(एकीकृत समाजवादी)कालिकोटका अध्यक्ष चित्रसिंह गाउँलेले सबै कम्युनिष्टहरु एक ठाउँमा ल्याउन जिल्ला तहबाट पनि भूमिका खेलिने धारणा राख्नुभएको छ । पुष्पलाल स्मृति दिवसका सन्दर्भमा बुधबार पार्टी कार्यालयको हलभित्र आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गाउँलेले सो धारणा राखेका हुन । कार्यक्रममा गाँउलेले कम्युनिस्टहरू एकले अर्कोलाई देख्दा मुन्टो बटारेर हिन्ने चलन अन्त्यहुन […]