कालिकोट । नेकपा(एकीकृत समाजवादी)कालिकोटका अध्यक्ष चित्रसिंह गाउँलेले सबै कम्युनिष्टहरु एक ठाउँमा ल्याउन जिल्ला तहबाट पनि भूमिका खेलिने धारणा राख्नुभएको छ । पुष्पलाल स्मृति दिवसका सन्दर्भमा बुधबार पार्टी कार्यालयको हलभित्र आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गाउँलेले सो धारणा राखेका हुन ।
कार्यक्रममा गाँउलेले कम्युनिस्टहरू एकले अर्कोलाई देख्दा मुन्टो बटारेर हिन्ने चलन अन्त्यहुन आवश्यक रहेको समेत उल्लेख गरे ।जसरी कम्युनिस्टहरुलाई टुटफुट हुन नदिने र नेपालमा सामन्तवाद अन्त्य गरि गरीव जनताको राज्यसत्ता ल्याउने पुष्पलालको सपना थियोे त्यो सपना साकार पार्न सबै कम्युनिष्टहरु एक हुनुको विकल्प नरहेको उनले चर्चा गरे।
पुष्पलालको तस्वीरमा माल्यार्पण र श्रद्धाञ्जली सहित गरिएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य बिजया बिष्ट , खाँडाचक्र नगरपालिका प्रमुख कमल बहादुर शाही , प्रदेश कमिटी सदस्य लालबहादुर मल्ल लगायतको उपस्थिति रहेको पार्टी सचिव कृष्णकला पाण्डेले बताईन । एकीकृत समाजवादीलाई समाप्त बनाउने अभिष्टका साथ अनेकौं प्रपञ्च रचिएपनि असफल पार्दै पार्टी अघि बढेको सो अवसरमा नेताहरुको धारणा थियो ।