अपडेट

एकीकृत समाजवादी कालिकोटले मनायो चौथो पार्टी स्थापना दिवस

  ।   ९ भाद्र २०८२, सोमबार १६:११

कालिकोट । नेकपा (एकीकृत समाजवादी) कालिकोटले सोमबार चौथो पार्टी स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रुपमा मनाएको छ ।

पार्टी जिल्ला कार्यालय मान्ममा आयोजित विचार–अन्तरक्रिया कार्यक्रममा अग्रज नेता तथा संविधानसभा सदस्य तुलाराज बिष्ट प्रमुख अतिथि रहनुभएको थियो । उहाँले संबोधन गर्दै पुष्पलाल श्रेस्ठ र मदन भण्डारीले जस्तै दूरदर्शिता र वैचारिक स्पष्टता आजको अवस्थामा पार्टी नेतृत्वमा हुनु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । समाजवादी पार्टीको वैचारिक मार्गदर्शनले मात्र देशलाई सुशासन, समृद्धि र स्थिरता दिन सक्ने विश्वास व्यक्त गर्दै उहाँले गाउँ–गाउँमा संगठन सुदृढ पार्न नेता–कार्यकर्तालाई आह्वान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला सह–इन्चार्ज विजया बिष्टले अब कम्युनिष्ट शक्तिहरू एकजुट भई सर्वहारा वर्गको हितमा काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले राष्ट्रियता र जनताको पक्षमा समाजवादी पार्टीले अझ सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले अब पार्टीलाई तहसनहस पार्ने प्रयास विफल भएको र संगठनलाई बलियो बनाउँदै जनलहर सिर्जना गर्ने अवसर आएको टिप्पणी गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गरेका पार्टी जिल्ला कमिटी अध्यक्ष चित्रसिंह गाउँलेले जिल्लाका ८२ वटै वडामा पार्टीलाई परिचालन गर्ने अभियान सुरु भएको जानकारी दिनुभयो । उहाँले एकीकृत समाजवादीले अँगालेको सिद्धान्तले बामपन्थी एकताको नयाँ बाटो खोलेको भन्दै पार्टीप्रति गाउँ–गाउँमा आकर्षण बढिरहेको दाबी गर्नुभयो ।

कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य लालबहादुर मल्ल, उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतनबहादुर शाही, वडा अध्यक्षहरू रंगलाल देवकोटा, विरजित बिष्ट र नन्द मल्ल, अनेमसंघ ९समाजवादी० जिल्ला अध्यक्ष पुष्पा सिंह शाही लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन पार्टी सचिव कृष्णकला पाण्डेले गर्नुभएको थियो ।

यसैबीच, स्थापना दिवसकै अवसरमा जिल्लाका विभिन्न स्थानीय तहका पार्टी कमिटीहरूले समेत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न गरेका छन् । असहाय तथा विपन्न परिवारलाई सहयोग, अग्रज नेताहरूलाई सम्मान र स्थानीय स्तरमा जनचेतना कार्यक्रम सञ्चालन गरी पार्टीले स्थापना दिवसलाई जनमुखी बनाउन प्रयास गरेको जनाइएको छ ।

Next Post

आठ दिनअघि पुगेका, आज चिरनिद्रामा : परदेशमा हरिबहादुरको अधुरो यात्रा

९ भाद्र २०८२, सोमबार १६:११
सुर्खेत। कुवेतमा रोजगारीका लागि पुगेका सुर्खेतका एक युवा दुदैवी दुर्घटनामा परेका छन्। वीरेन्द्रनगर–४ शिवनगरका २३ वर्षीय हरिबहादुर गौतमले सोमबार बिहान महाबुल्लास्थित २१० नम्बर फ्लाइओभरबाट हाम फालेर जीवन समाप्त गरेका हुन्। प्रत्यक्षदर्शीका अनुसार बिहान करिब ७ बजेतिर उनी पुलमा पुगेपछि शरीरमा लगाएका कपडा खोलेर ३० नम्बर राजमार्गतर्फ हाम फालेका थिए। व्यस्त […]

सम्बन्धित शीर्षक