अपडेट

सुर्खेत बुलबुले गुरुयोजना ताल निर्माणको शिलान्यास

  ।   १३ फाल्गुन २०८१, मंगलवार १७:१९

सुर्खेत । कर्णाली प्रदेश राजधानि सुर्खेतको पर्यटकीय स्थल बुलबुलेमा गुरुयोजना कार्यान्वयनका लागि ताल निर्माणको शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज उक्त योजनाको शिलान्यास गर्नुभएको हो ।

योजना शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकीयस्थल बुलबुले ताललगायतका विकासका संरचना निर्माणमा सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शिलान्यास तामझामले गर्ने तर पछि सुख्खाराम हुने गरी काम नगर्नुस् । काम गर्दा पुरस्कार लिने गरी काम गर्नुस् । अतिरिक्त शुल्क तिर्नुपर्दैन । भुक्तानीमा कहीँ कतै समस्या हुँदैन ।”

उहाँले बुलबुले तालःसहित काँक्रेबिहारको काम क्रमशः अगाडि बढेको र सामाजिक विकास मन्त्रालयसँग जोडिएको चौघान चौरको निर्माण पनि निकट भविष्यमै सुरु हुने जानकारी दिनुभयो ।

भू- तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईले चालु आर्थिक वर्षको असार १० गते सम्पन्न हुने गरी यही फागुन ४ गते प्रवीन निर्माण सेवा सुर्खेतसँग निर्माण सम्झौता भएको बताउनुभयो । चार हजार दुई सय वर्ग मिटर क्षेत्रफलको ताल विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि रु एक करोड १२ लाख ३६ हजार आठ सय ६३ लागतमा ठेक्का सम्झौता भएको हो ।

Next Post

कर्णाली करिडोरको खुलालु–हिल्सा सडक ५० किलोमिटर सडक कालोपत्र गर्न ठेक्का प्रक्रिया सुरु

१३ फाल्गुन २०८१, मंगलवार १७:१९
कर्णाली करिडोरका नदी तथा खोलामा पक्की पुल निर्माण गर्न गत वर्ष १ अर्बभन्दा बढीको ठेक्का भइसकेको छ । कालीकोट । बजेट अभाव र काममा ढिलासुस्तीले ट्र्याक खुल्नै डेढ दशक लागेको बहुचर्चित कर्णाली करिडोरको खुलालु–हिल्सा सडकअन्तर्गत ५० किलोमिटर सडक कालोपत्र गर्न ४ अर्बभन्दा बढीको बहुवर्षीय ठेक्का प्रक्रिया सुरु भएको छ । खुलालु–सल्लीसल्ला […]

सम्बन्धित शीर्षक