अपडेट

प्रतिनिधि सभा क्षेत्र नं. २, सुर्खेतका उम्मेदवारबीच प्रत्यक्ष संवाद कार्यक्रम

  ।   ५ फाल्गुन २०८२, मंगलवार २१:२७

सुर्खेत । सुर्खेतको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का प्रत्यक्षतर्फका उम्मेदवारहरूबीच सार्वजनिक प्रश्न–उत्तर तथा प्रत्यक्ष संवाद कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना र्खेत महिला जेसीज वर्ष २०२६ ले गरेको हो।

सुर्खेत महिला जेसीज वर्ष २०२६ कि अध्यक्ष जेसी मनु सुनारका अनुसार ““Changing for Leadership”” भन्ने मूल नारासहित सञ्चालन हुने उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू सहभागी हुनेछन्। कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार नारायण कोइराला, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कुलमणि देवकोटा, नेपालस् कम्युनिस्ट पार्टी का भक्‍तबहादुर मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टी का रमेश सापकोटा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का कविराज पुरी सहभागी हुने जनाइएको छ।

कार्यक्रम २०८२ साल फागुन ६ गते बिहान ११:०० बजेदेखि वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समिति सभाहलमा सञ्चालन हुनेछ। आयोजकका अनुसार नागरिकलाई आफ्ना जिज्ञासा प्रत्यक्ष रूपमा उम्मेदवारसमक्ष राख्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।

जनप्रतिनिधि र जनताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्दै उत्तरदायी नेतृत्व विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। नागरिकलाई कार्यक्रममा सहभागी भई आफ्ना प्रश्न राख्न अनुरोध गरिएको छ।

Next Post

हुम्ला जिल्लाका सातै गाउँपालिकामा रुघाखोकी र ज्वरोका बिरामी वृद्धि

५ फाल्गुन २०८२, मंगलवार २१:२७
हुम्ला । माघ १० गते परेको हिमपातपछि चिसो बढ्दा हुम्ला जिल्लाका सातै गाउँपालिकामा रुघाखोकी, ज्वरो र दमका बिरामी उल्लेख्य रूपमा बढेका छन्। अत्यधिक चिसोका कारण मौसमी फ्लुका लक्षण देखिने बिरामी दैनिक बढ्दै गएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्। सर्केगार्ड गाउँपालिकामा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या व्यापक देखिएको स्थानीय प्रकाश ऐडीले जानकारी […]

सम्बन्धित शीर्षक