आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

  ।   ३० फाल्गुन २०८०, बुधबार २०:२०

काठमाडौं । छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ गरेको हो ।

अछामको मङ्गलसेन नगरपालिकाका अन्दाजी ३५ वर्षीय बुवाले छोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शनिबार साँझ ४ बजेको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ भएका बाबुले छोरीलाई एक्लै भएको मौकामा बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
बालिकाको जिल्ला अस्पताल अछाममा स्वास्थ्य परीक्षणपछि आमाछोरीलाई सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ ।

बालिकालाई लिएर आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । आरोपितलाई घरबाट पक्राउ गरी अदालतबाट म्याद थप भई अनुसन्धानको प्रक्रियामा रहेको बताइएको छ ।

Next Post

वडाध्यक्षविरुद्ध मृत्यु भएकाव्यक्तिको वृद्धभत्ता खाइदिएको आरोपमा भ्रष्टाचार मुद्दा

३० फाल्गुन २०८०, बुधबार २०:२०
सुर्खेत । सल्यानको सारदा नगरपालिकामा मृत्यु भएका व्यक्तिको वडा अध्यक्षले वृद्धभत्ता खाइदिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सारदा नगरपालिका वडा नं. ३ का तत्कालिन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । थापाले आर्थिक वर्ष […]