अपडेट

कालिकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

  ।   २८ असार २०८२, शनिबार १४:३०

कालिकोट । जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोपयुक्त पालिका भएपछि जिल्ला खोप समन्वय समितिले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको हो ।

स्थानीय स्रोतको उपयोग , स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ सनिबार औपचारिक रुपमा जिल्लामा सबै प्रकारका खोप लगाएपछि वडा र पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । जिल्लाका सबै स्थानीय तहहरुमा १६ महिनादेखि २३ महिनाका उमेर समूहका बालबालिकाको सर्वेक्षण गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि जिल्लालाई पूर्ण खोप घोषणा गरेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए।

जिल्लामा खोप लगाइरहेका १५ महिनामुनिका बालबालिका तीन हजार  ११ जनालाई घरधुरि सर्भेक्षणगरि राष्टिय खोप तालिका अनुसार खोप लगाईरहेको सुनिश्चितता गरिएको हो । पूर्ण खोप प्राप्त गरेका १६ महिनादेखि ५९ महिनाका बालबालिका ५ हजार ८ सय ४४ जना रहेको  अधिकृत कटक महतले बताए  । सर्वेक्षणमा  छुटेका बालबालिकालाई अगामी महिनामा खोप लगाउने योजना रहेको उनले बताए।

घोषणा कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री माननिय महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा कालिकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरियको छ ।

प्रमुख अथिती माननिय महेन्द्र बहादुर शाहिको पुरा भिडियो ;

Next Post

 वर्षाका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग ८ दिनपछि सञ्चालनमा

२८ असार २०८२, शनिबार १४:३०
कालिकोट ।  वर्षाका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडकखण्ड गोठिभिर आठ दिनपछि सञ्चालनमा आएको छ। अवरुद्ध बनेको कालिकोट जिल्ला तिलागुफा नगरपालिका–६ गोठिभिर खण्ड आठ दिनपछि सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार असार २८ गते शनिबार बाट ठूला सवारी साधन समेत सञ्चालनमा आउने गरि बटो सञ्चालनमा आएको […]