जुम्लामा अर्गानिक उत्पादन वृद्धिका लागी कृषि पर्यटन महोत्सव

  ।   १ बैशाख २०८१, शनिबार १३:५७

कालिकोट । जुम्लामा वैशाखको दोस्रो सातादेखि कृषि पर्यटन महोत्सव लाग्ने भएको छ । जुम्लामा उत्पादन अर्गानिक फलफुल स्याउ र ओखर रैथाने बाली कालिमासी धान, चिनो, कानुनो, फापर, सिमीको बजारमा उत्तिकै महत्व रहेको छ ।

जुम्लामा उत्पादन वृद्धिसँगै कृषि क्षेत्रको महत्व प्रचारप्रसार गर्न बृहत् कृषि पर्यटन सांस्कृतिक महोत्सव हुने भएको छ । आगामी वैशाख १२ देखि २३ गतेसम्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको आयोजना र एकेइभेन्ट बहुउद्देश्यीय प्रालि सुर्खेतको सहयोगमा कृषि पर्यटन महोत्सव हुने भएको हो ।

कृषि पर्यटन प्रवद्र्धन र स्थानीय कलाकारको खोजीका लागि महोत्सव सञ्चालन गर्न थालिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्ण बुढथापाले बताए । व्यापारीका सटर बन्द हुने अवस्थामा पुगेका वेला महोत्सवले व्यापार, प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।

महोत्सवमा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकार जुम्ला आउनेछन् । प्रत्येक दिन दुईजना राष्ट्रिय कलाकारको महोत्सवमा सहभागी रहने अध्यक्ष बुढथापाको भनाइ छ । स्थानीय कलाकारलाई विशेष प्राथमिकता दिइने उनले बताए । प्रतिष्ठानका सचिव विश्वराज खत्रीले पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षण गर्नका लागि महोत्सवको आयोजना गर्न थालिएको बताए ।

Next Post

डोल्पामा वनको आगलागीमा परी गम्भीर घाइते तीनै बालबालिकाको मृत्यु

१ बैशाख २०८१, शनिबार १३:५७
कालिकोट । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परी गम्भीर घाइते भएका तीनै बालबालिकाको मृत्यु भएको छ। गत बिहीबार आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए।   उपचारका क्रममा १२ वर्षीय […]