अपडेट

मोटरसाइकल दुर्घटनामा परि युवा पाण्डेको मृत्यु

  ।   २२ बैशाख २०८२, सोमबार ०९:०८

कालिकोट । मान्मको ताडिमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–३, ताडि बस्ने अन्दाजी ४० वर्षीय धनकृष्ण पाण्डेको मृत्यु भएको हो ।

अ.प्रहरि बिट ताडीका अनुसार आइतबार साँझ करिब ८ ३० बजे कर्णाली प्रदेश ०२००२ प ५८७६ नम्बरको मोटरसाइकल चालक ताडी बजार देखी घर जाने क्रममा तिला कर्णाली बहुमुखी क्याम्पस नजिकको तल्लो मोडमा दुर्घटना हुदाँ घाइते भएका पाण्डेलाई उपचारका लागी जिल्ला अस्पताल लगिएको हो ।

दुर्घटनाबाट घाइते भएका पाण्डेको उपचारको क्रममा जिल्ला अस्पतालमा असम्भव भए पछि थप उपचारका लागी प्रादेशिक अस्पताल सुखेत लैजादैँ गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले बताएको छ । पाण्डेको टाउकोमा गम्बिर चोट लागेको बताइयको छ ।

अहिले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । उहाँको मूत्यु पछी गाँउ नै शोकमा डुबेको छ । उहाँ पाल्त महादेव सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष तथा समाजसेवी एक साहसिक युवा हुनुहुन्थ्यो ।

 

Next Post

नेपाल जनजाति महासंघ(समाजवादी)को केन्द्रिय उपाध्यक्षमा रावत

२२ बैशाख २०८२, सोमबार ०९:०८
सुखेत । नेपाल जनजाति महासंघ  (समाजवादी) को केन्द्रिय उपाध्यक्षमा बिर बहादुर रावत (भोटे) सर्बसम्बत चयन भएका छन । शनिवार काठमाडौंमा आयोजित नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशनले उपाध्यक्षमा रावतलाई सर्बसम्बत चयन गरेको हो । उहाँ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) कर्णाली प्रदेश संयोजक एव हिमाली […]