पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  ।   २९ आश्विन २०८१, मंगलवार २२:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल र मट्टीतेलमा ४ रुपैयाँ मूल्य बढाएको हो ।

मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको हो ।

नयाँ मूल्य अनुसार पहिलो वर्ग विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको नयाँ मूल्य १५६।५० रुपैयाँ प्रतिलिटर तोकिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४८।५० रुपैयाँ तोकिएको छ ।

त्यस्तै दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५० रुपैयाँ तोकिएको छ ।

तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ पुगेको छ । तेस्तै डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

Next Post

डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा ४ को मृत्यु

२९ आश्विन २०८१, मंगलवार २२:३६
डडेल्धुरा । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका –७ खस्रेखानमा दुर्घटना भएको हो। दुर्घटनामा परेर दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु […]