कर्णाली करिडोरको खुलालु–हिल्सा सडक ५० किलोमिटर सडक कालोपत्र गर्न ठेक्का प्रक्रिया सुरु

  ।   १३ फाल्गुन २०८१, मंगलवार १८:०१

कर्णाली करिडोरका नदी तथा खोलामा पक्की पुल निर्माण गर्न गत वर्ष १ अर्बभन्दा बढीको ठेक्का भइसकेको छ ।

कालीकोट । बजेट अभाव र काममा ढिलासुस्तीले ट्र्याक खुल्नै डेढ दशक लागेको बहुचर्चित कर्णाली करिडोरको खुलालु–हिल्सा सडकअन्तर्गत ५० किलोमिटर सडक कालोपत्र गर्न ४ अर्बभन्दा बढीको बहुवर्षीय ठेक्का प्रक्रिया सुरु भएको छ ।

खुलालु–सल्लीसल्ला खण्डको स्तरोन्नतिसहित कालोपत्र गर्न कर्णाली करिडोर खुलालु–सल्लीसल्ला सडक योजना कालीकोटले फागुन २ मा ४ अर्ब २३ करोडको बहुवर्षीय ठेक्का आह्वान गरेको हो । बाजुराको लैफूदेखि हुम्ला सिमानासम्म ५० किमिका लागि दुई खण्डमा ठेक्का खुलाइएको हो । कालीकोटको खुलालुदेखि हिल्सासम्म ३ सय ४७ किलोमिटर पर्छ । तर जमुनाहदेखि चीनको हिल्सासम्म ५ सय ८ किलोमिटर दूरी पर्छ ।

भारतको जमुनाहदेखि चीनको हिल्सासम्म त्रिदेशीय सडक कर्णाली करिडोरलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । तीन वर्षभित्र स्तरोन्नतिसहित कालोपत्रको काम सकिने गरी बहुवर्षीय ठेक्का भएको कर्णाली करिडोर खुलालु–सल्लीसल्ला सडक योजना प्रमुख तुलाराम शर्माले बताए ।

कर्णाली करिडोरमा हालसम्मकै बढी रकमको ठेक्का लागेको शर्माले सुनाए । कर्णाली करिडोरमा पर्ने नदी तथा खोलामा पक्की पुल निर्माण गर्न गत वर्ष १ अर्बभन्दा बढीको ठेक्का भइसकेको छ । कालीकोट, बाजुरा, मुगु र हुम्लाका १३ वटा स्थानीय तहसहित भारत र चीनलाई जोड्ने कर्णाली करिडोरको स्तरोन्नति भएपछि यस क्षेत्रको जीवनस्तरमा सुधार हुने स्थानीयको विश्वास छ । यो सडक सुधार भए मानसरोवर जान भारतीय पर्यटकको संख्या बढ्ने स्थानीयको आशा छ । कान्तिपुर

Next Post

जुम्ला बहुमुखी क्याम्पस स्ववियुको निर्वाचन उपप्राध्यापक शाहीको संयोजकत्वमा समिति गठन

१३ फाल्गुन २०८१, मंगलवार १८:०१
जुम्ला । साविकको कर्णालीमा एकमात्र आंगिक जुम्ला बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुख उपप्राध्यापक पदम बहादुर शाहीको संयोजकत्वमा र निर्वाचनको संचार समितिमा महेश नेपाली छन् । सात सदस्यीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन समिति गठन गरिएको छ। मंगलबार बसेको क्याम्पसका प्राध्यापक र कर्मचारीहरूको बैठकले शाहीलाई संयोजक र उपप्राध्यापक डम्वर बहादुर महतलाई […]