सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–६, सनिहल लाइनस्थित महाबु गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा बिहीवार दिउँसो करिब २ बजे नगर प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाको नेतृत्वमा खटिएको ७ जनाको टोलीले गेष्ट हाउसको कोठा नम्बर ३०५ मा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद रु. ४१ हजार ५२५ सहित १२ बुक तास बरामद गरेको जनाएको छ।
नगर प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइएको छ।