नेता डा. रावलले एमालेले आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर

  ।   १७ पुष २०८१, बुधबार २१:३३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निस्कासित नेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गर्नुभएको छ ।

पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भन्नुभयो –आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।’

एमाले सचिवालय बैठकले उहाँलाई पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ । एमालेमा रहँदा उहाँले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गर्नुभएको थियो । पार्टी भित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने डा रावल पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी हुनुहुन्थ्यो ।

विसं २०३२ मा सदस्य लिएपछि देश, जनता, स्वाभिमान र सिद्धान्तप्रति इमान्दार भई पार्टीभित्र सम्हाल्दै आएको जिम्मेवारी र सामना गर्नुपरेका चुनौती लगायत विषय उहाँले आज पत्रकार सम्मेलनमा सुनाउनुभयो ।

उहाँले सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरू सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको टिप्पणी पनि गरे ।

Next Post

सङ्घको ससर्त अनुदान घट्नु र प्रदेशमा न्यून बजेट विनियोजन हुनु कार्यक्रम कार्यान्वयनमा अन्योल

१७ पुष २०८१, बुधबार २१:३३
सुर्खेत । प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय बजेट कटौतीको मारमा परेको छ । सङ्घको ससर्त अनुदान घट्नु र प्रदेशकै समेत न्यून बजेट विनियोजन हुनुले कार्यक्रम कार्यान्वयनमा अन्योल छाएको छ । यो वर्ष ससर्ततर्फको दुई तिहाइ बजेट घटेको छ । खानेपानीतर्फको बजेट घटेको छ भने सिँचाइ तथा नदी नियन्त्रणतर्फको बजेट कटौती भएको छ । […]