जुम्ला । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवनको प्रधानमन्त्री केपी शर्मा ओलिद्वारा आज उद्घाटन भएको छ ।
कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह पनि आज हुन लागेको हो । जसमा स्नातकतर्फ ३८ जना बीपीएच, १३ जनाबीएमएस र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३, एमडी एनेस्थेसियामा १ तथा एमडी पेडियाट्रिक्समा १ विद्यार्थी गरेर जम्मा ५८ जना विद्यार्थी हुनेछन्।