सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलिलाई बुझाए ज्ञापनपत्र

  ।   २८ कार्तिक २०८१, बुधबार १५:४६

जुम्ला । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन र प्रथम दीक्षान्त समारोहको लागि जुम्ला आएका प्रधानमन्त्री केपी शर्मा ओलिलाई जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले ज्ञापनपत्र बुझाएका छन् ।

यस्तो लेखिएको छ ज्ञापनपत्रमा :

१. आत्मनिर्भर कृषि उत्पादनस् स्वदेशी फलफूल र तरकारी उत्पादनलाई आधुनिकिकरण गर्दै साना तथा ठूला किसानलाई आर्थिक रूपमा सबल बनाउन सरकारी विधेयक ल्याउन आग्रह गरिएको छ।

२. प्रतिष्ठानका पदहरूमा योग्यता आधारित नियुक्तिस् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदहरूमा राजनीतिक नियुक्तिको सट्टा योग्य व्यक्तिहरू नियुक्त गर्न माग।

३. कर्मचारीको व्यवस्थापन र तलब(भत्ता सुधारस् लामो समयदेखि तलब(भत्तामा अनियमितता भोग्दै आएका स्थायी शिक्षक तथा कर्मचारीहरूको व्यवस्थापन गर्दै अनावश्यक राजनीतिक नियुक्ति रोक्न माग।

४. डायलासिस मेसिनको संचालनस् दक्ष जनशक्तिको अभावमा सञ्चालनमा नआएको डायलासिस मेसिनलाई तत्काल सञ्चालनमा ल्याउन।

५. प्राध्यापक र सहप्राध्यापकको नियुक्तिस् अस्पताल सेवा र शैक्षिक कार्यक्रममा अवरोध नहोस् भनी प्राध्यापक र सहप्राध्यापक पदमा शीघ्र नियुक्ति गरियोस्।

६. शिक्षक, विद्यार्थी आवास र स्वास्थ्य उपकरणको बजेटस् एमआरआई मेसिन लगायत अन्य स्वास्थ्य उपकरण खरिदका लागि बजेटको व्यवस्था गरियोस्।

७. स्याउ कर्पोरेसनको स्थापनास् जुम्लामा उत्पादन भएको स्याउ उचित मूल्यमा खरिद गरी बजार व्यवस्थापन गर्ने स्याउ कर्पोरेसनको स्थापनाको माग।

८. फलफूल विकास कार्यालय स्थापनास् स्याउ र ओखर लगायत फलफूलको उत्पादन बढाउन विज्ञहरूको दरबन्दी राखेर छुट्टै फलफूल विकास कार्यालय स्थापना गरियोस्।

९. कर्णाली प्राविधिक शिक्षालयको स्तरोन्नतिस् फलफूल, जडिबुटी र बन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालयलाई थप बजेटको व्यवस्थासहित स्तरोन्नति गरियोस्।

१०. कर्णाली राजमार्ग र वैकल्पिक सडक स्तरोन्नतिस् कर्णाली राजमार्ग तथा वैकल्पिक सुर्खेत(दैलेख(नाग्मा सडकको स्तरउन्नति तथा मर्मत गरियोस्।

ज्ञानेन्द्र शाहीद्वारा प्रस्तुत ज्ञापनपत्रले कर्णालीको दुरावस्थामा सुधार ल्याउन प्रधानमन्त्री र सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै तत्काल आवश्यक कदम चाल्न जोड दिएको छ।

Next Post

प्रधानमन्त्री ओलिले कर्णाली दुर्गम भएको परिभाषित

२८ कार्तिक २०८१, बुधबार १५:४६
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवनको उद्घाटन तथा प्रथम दीक्षान्त समारोहमा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलिले कर्णालीलाई दुर्गम भएको परिभाषित गरेका छन् । प्रतिष्ठानको दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने यतिबेला धेरै ठूला चुनौतीहरु छन् । अब मलाई चुनौतीहरु घटेको महसुस भएको छ । हामीले यत्रो भवन […]

सम्बन्धित शीर्षक