कर्णालीमा कांग्रेस अब छिट्टै सरकारमा सहभागी हुने प्रमुख सचेतक विष्ट

  ।   ११ श्रावण २०८१, शुक्रबार १३:४५

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कांग्रेस अब छिट्टै सरकारमा सहभागी हुने जानकारी दिनुभएको छ ।

सङ्घमा राष्ट्रिय समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० सम्मिलित सरकार बनेपछि कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादी बाहिरिएसँगै रिक्त रहेका आर्थिक मामिला तथा योजना, जलस्रोत तथा ऊर्जा विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयको नेतृत्व कांग्रेसले गर्नुपर्ने देखिएको प्रमुख सचेतक विष्टले बताउनुभयो ।

‘कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाही, पार्टीसभापति र उपसभापतिले कर्णाली सरकारमा जाने विषयमा छलफल गरिरहनुभएको छ’ उहाँले भन्नुभयो– ‘केही प्राविधिक कारणले ढिला भएपनि अब एक र दुई दिनपछि कांग्रेस छिट्टै सरकारमा सहभागी हुन्छ ।’ सरकारमा कसको नेतृत्वमा को–को जाने भन्ने विषय पनि केन्द्रीय नेतृत्वको सहकार्य समन्वयमा दलको नेताले टुङ्ग्याउने प्रमुख सचेतक विष्टले बताउनुभयो ।

मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी आर्थिक मामिला मन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री बीरबहादुर शाही, जलस्रोतमन्त्री रनसिंह परियार र उद्योग, पर्यटनमन्त्री दुर्गबहादुर रावतले समर्थन फिर्ता लिँदै साउन ७ गते पदबाट राजीनामा दिनुभएको थियो । हाल रिक्त रहेका चारवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कँडेलले आफैँले सम्हाल्नुभएको छ ।

Next Post

कर्णाली हुम्ला, मुगु र डोल्पा जिल्लासँग जोडिएका उत्तरी नाका छ वर्षपछि खुल्दै

११ श्रावण २०८१, शुक्रबार १३:४५
सुर्खेत । कर्णालीका उत्तरी नाका छ वर्षपछि खुल्न लागेका छन् । कर्णाली हुम्ला, मुगु र डोल्पा जिल्लासँग जोडिएका उत्तरी नाका छ वर्षपछि खुल्न लागेका हुन् । कोरोना महामारीका बेला चिनियाँ सरकारले एकतर्फी बन्द गरेका मुगुको नाक्चेलाक्ना, डोल्पाको मोरिल्ला र हुम्लाको यारी नाका यो वर्ष चिनियाँ सरकारले खोल्न लागेको छ । […]