सवारी दुर्घटनामा नगर उपप्रमुख मगरको निधन

  ।   १३ असार २०८३, शनिबार १८:५६

 

प्यूठान — स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा निधन भएको छ।

स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु।प्र।०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटनामा पर्दा उपप्रमुख राना मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उपप्रमुख राना आफैंले जिप चलाइरहेका थिए। अनियन्त्रित भई सडकबाट तल खसेपछि सवारी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी नरहरि अधिकारीका अनुसार उपप्रमुख राना नगरपालिकाको सवारी साधन लिएर अनुगमनका लागि निस्किएका बेला दुर्घटनामा परेका हुन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायको टोली घटनास्थलतर्फ गएको डीएसपी अधिकारीले बताए।